झुम्का । रामधुनी नगरको वडा स्तरिय क्रिकेट प्रतियोगिताको फाइनलमा वडा नम्बर ५ र १ भिड्ने भएका छन् ।झुम्का स्थित पिप्राहा खेलमैदानमा जारी वडा स्तरिय क्रिकेट प्रतियोगिताको बिहिबार भएको दोस्रो सेमिफाइनलमा वडा नम्बर १ ले आफ्नो स्थान सुरक्षित गरेको हो ।
यस अघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ३ लाई ५ विकेटले हराउँदै वडा नम्बर ५ फाइनलमा प्रवेश गरेको थियो ।
दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर ६ र ७ को टोलीलाई ११ रनले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । खेलको म्यान अफ द म्याच वडा नम्बर ६ र ७ को तर्फबाट विकास मगर घोषित भए । म्यान अफ द म्याचको पुरस्कार सरोज कोइरालाले प्रदान गरेका थिए । प्रतियोगिताको फाइनल खेल शनिवार हुने आयोजकले बताएका छन् ।
रामधुनी नगरपालिकाको सहयोगमा रामधुनी क्रिकेट क्लवको संयोजन तथा झुम्का जेसिज र जुनियर जेसिजले वडा स्तरिय क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो । खेलको विजेताले २१ हजार नगद पुरस्कार पाउने छन् भने उप विजेताले ११ हजार नगद सहितको पुरस्कार पाउनेछन् ।