नेपाल पुलिस र सशस्त्र प्रहरीको टिम कोशी प्रदेश मुख्यमन्त्रीकप महिला भलिबल प्रतियोगिताको फाइनलमा

इटहरी । प्रादेशिक रंगशाला इटहरीमा सन्चालन भइरहेको कोशी प्रदेश मुख्यमन्त्री कप राष्टिय महिला भलिबल प्रतियोगीको फाइनल खेलमा नेपाल पुलिस र सशस्त्र प्रहरीको टोली भिड्ने भएका छन् ।

बुधबार भएको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लवका टिमलाई हराइँदै सशस्त्र प्रहरीको टोली फाइनलमा प्रवेश गरेको हो भने पुलिसले दोस्रो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई हराउँदै अन्तिम दुईमा स्थान पक्का गरेको हो । आज बिहिबार हुने फाइनल खेलमा दुई बिभागीय टिमको भिडन्त हुने भएको छ ।

एपिएफले आर्मीलाई २५–१२, २५–१२ र २५–१९ को सेटमा जित निकालेको हो । पुलिसले बागमती विरुद्ध २५–१९, २५–१७ र २५–१९ को सेटमा जित निकाल्यो ।

फाइनल प्रवेशसँगै एपीएफ र पुलिसले कम्तिमा १ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेका छन् । फाइनल खेल आज जेठ ३२ गते साँझ हुनेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउने छन् । बेस्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिबेरोलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा भइरहेको प्रतियोगितामा तीन विभागीय सहित ६ टिमको सहभागिता रहेको वाग्लेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.