विदेशबाट पैसा पठाएकै भरमा घर जित्ने पुर्णबहादुर नेपाल आउँदै, विशेष समारोहमा घर हस्तान्तरण गर्दै ईसेवा

इटहरी । बैद्यानिक रेमिट्यान्स पठाउने दुवईमा कार्यरत नेपाली श्रमिक पुर्ण बहादुर श्रेष्ठ नेपाल आउने भएका छन् । श्रेष्ठले ई सेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा भाग्यशाली विजेता बन्दै घर जित्न सफल भएका हुन ।
कम्पनीले जेठ २४ बुधबार लुलु एक्सचेन्ज र इसेवा मनी ट्रान्सफरको समन्वयमा लुलु शाखा सारजाहमा विशेष कार्यक्रम गरी विजेता श्रेष्ठलाई बधाइ ज्ञापन गरेको थियो भने कम्पनीका युएई रिलेसनसिप म्यानेजर इश्वर अधिकारीले नेपालमा हुने घर हस्तान्तरण कार्यक्रममा निमन्त्रण समेत दिएका थिए ।

श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलको बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर जित्न सफल भएका हुन्। श्रेष्ठले लुलु एक्स्चेन्ज यूएईबाट इसेवा मनी ट्रान्सफरमार्फत बैंक खातामा रेमिट्यान्स पठाएका थिए।

इसेवा मनी ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सलाई वैधानिक बनाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो। डिजिटल रेमिट्यान्स्लाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियानमार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एकजनालाई बम्पर उपहारस्वरुप काठमाण्डौमा साढे दुई तलाको घर दिने घोषणा गरेको थियो।

गत असोज ७ गतेदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स पठाउने व्यक्तिहरु यस अभियानमा सहभागी भएका थिए। ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत हरेक महिना सेवाग्राहीको घरसम्म पुगी आकर्षक उपहारसमेत प्रदान गरिएको थियो।

इसेवा मनी ट्रान्सफरले परम्परागतशैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ता र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। साथै इसेवा मनी ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १ लाख ७५हजारभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर देशभरका १ करोड ६० लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थालाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.