दुवईमा गजलकार सुमित्रा सुमिको विशेष प्रस्तुती हुने

प्रकाश बन्जरा । युएई ।

लामो समयदेखि साहित्य लेखन विशेषत गजलमा गतिविधिमा निक्कै सक्रिय देखिएकी साहियकार सुमित्रा सुमि दुवई आउने भएकी छन् । आउनु भएकी कविरगजलकार तथा कार्यक्रम प्रस्तोता सुमित्रा सुमी साहित्यिक कार्यक्रमका लागि युएई आउने हुनु भएको छ ।

युएईमा रहेको नुवाकोट सेवा समाजले आयोजना गर्न लागेको “बृहत् साहित्यिक कार्यक्रम ९२०२४” मा आयोजकको निमन्त्रणालाई स्विकार गर्दै गजलकार सुमि दुवई आउन लागेकी हुन । कार्यक्रम आगामी जुलाई २८ तारिख आइतबारका दिन युएईको वरदुबईमा हुने बताइएको छ  भने कार्यक्रमको सहआयोजकको रुपमा युएईका नेपाली श्रष्टाहरुको समुह सिर्जना वाचन डवली समेत छ ।

कार्यक्रम वरदुबई स्थित ब्लु प्यालेस रेस्टुरेन्ट, आब्रामा आइतबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म हुने आयोजक समितिले जनाएको छ । कार्यक्रममा प्रवेश निस्शुल्क रहेको छ ।

नुवाकोट एफ एम मा लामो समयदेखि साहित्यिक कार्यक्रम समेत सञ्चालन गर्दै आएकी साहित्यकार सुमि शिक्षण पेशामा आवद्ध छिन् । कार्यक्रममा स्थानीय सर्जकहरुको सिर्जना समेत सुन्न पाइने र आयोजकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.