इटहरी । सुनसरीको इटहरीमा रहेको किसान कल्याण साकोसको प्रतिनिधित्व गर्दै बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुनको खुल्ला सञ्चालकमा निर्वाचित भएका शालिकराम ढकाललाई साकोसले मंगलबार एक कार्यक्रमका बिच बद्याई तथा सम्मान गरेको छ ।
गत आइतबार भएको नेफ्सकुनको ३२ औँ साधारणसभाबाट संस्थाको खुल्ला सदस्यमा निर्वाचित भएको ढकाल किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समेत हुन ।निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेर आएलगत्तै मंगलबार साकोसको सभाहलमा आयोजित कार्यक्रमका बिच ढकाललाई बद्याई दिइएको हो ।
कार्यक्रममा संस्थाका सञ्चालक, सल्लाहकारका साथै कर्मचारी तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।संस्थाका उपाध्यक्ष नरेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको सुन्दर सेवा केन्द्र तरहराबाट तेज बहादुर राई, सल्लाहाकार हरु लक्ष्मी नारायण डाँगी, रेवती घिमिरे, कृष्ण विनोद लम्साल संचालक कृष्ण लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले नेफस्कुनमा ढकालको प्रतिनिधित्वले संस्था राष्टिय नेटवर्कमा जोडिएको बताउँदै अव अवसर र चुनौती पनि उत्तिकै थपिने बताए ।
संस्थाको व्यवस्थापनलाई चुस्त दुरुस्त बनाई राख्ने जिम्मेवारीमा आफु तत्पर रहेको बताउँदै अधिकृत बस्नेतले ढकालले प्रतिनिधित्वले नेफ्स्कुनले सहकारी अभियानलाई सुदृढिकरण गर्नेमा आफु विश्वस्त रहेको बताए ।
कार्यक्रममा आफ्नो भनाई राख्दै संस्थाका अध्यक्ष शालिकराम ढकालले केन्द्रिय संघमा आवद्ध हुन सहज नभएको बताउँदै निर्वाचित भइसकेपछि किसान कल्याणको प्रतिनिधिले नेफ्स्कुनमा गड् बढी गरेको खवर नआउने प्रतिवद्धता व्यक्त गरे ।
देशमा राम्रा र उदाहरणीय संस्था बनाउन आवश्यक रहेको भन्दै ढकालले त्यो संस्था किसान कल्याणलाई बनाउन सकौँ भन्ने संकल्पमा आफु लागि परेको बताए ।संस्थाकी सल्लाहाकार जानकी चौधरीले थारु कल्याणकारिणी सभा सुनसरी जिल्लाको प्रथम उपाध्यक्षमा निर्वाचित भएकोमा उनलाई समेत बद्याई तथा सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै चौधरीले किसान कल्याणले नै आफुलाई यति ठुलो मञ्चमा बोल्न सक्ने बनाएको भन्दै संस्थालाई धन्यवाद व्यक्त गरेकी थिइन ।कार्यक्रम संस्थाका सचिव महेश रेग्मीले सञ्चालन गरेका थिए ।