इटहरी । झुम्का उद्योग वाणिज्य संघको १० ओैँ साधारणसभा आइतबार झुम्का उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ ।
समयमा नहुने गरेको वाणिज्य संघको आइतबार वाणिज्य संघकै सभाहलमा सम्पन्न भएको हो । गत बर्ष संघको निर्वाचन भएको भएता पनि आर्थिक पारदर्शिताका लागि साधारणसभा भने नभएको बताइएको छ ।

निर्वाचित भएदेखि सक्रिय देखिएको वाणिज्य संघको नयाँ कार्य समितिले आफ्नो पहिलो आर्थिक वर्षको आर्थिक कारोवार गत असार मसान्त सम्ममा रामधुनी नगरपालिका संग समन्वय गरि बजार सरसफाइ, बजार अनुगमन, प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीको भवन व्यावस्थापन, झुम्का बजारमा सिसिटिभी जडान तथा सडक बत्ति जडान, जस्ता कार्य गरिरहेको अध्यक्ष नवीन चौधरीले आफ्नो प्रतिवेदन मार्फत जानकारी गराएका छन् ।

रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वाणिज्य संघका कोषाध्यक्ष सुनिल चौधरीले गत आर्थिक वर्षको सन्तुलन प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा ७ लाख ६२ हजार चार सय ४७ रुपैया मौज्दात रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका नगर प्रमुख चौधरीले विगतमा वाणिज्य संघ संग सहकार्य गरेर काम गरिरहेकाले आगामी दिनमा पनि समन्वय गरेर अगाडि बढ्ने आश्वासन दिएका छन ।

झुम्का उद्योग वाणिज्य संघका उपाध्यक्ष डिल्ली गुरागाईंले स्वागत गरेको कार्यक्रम महासचिव प्रकाश बन्धु बस्नेतले सञ्चालन गरेका थिए ।

