इटहरी । प्रतिबन्धित लागुपदार्थ सहित झापा, मोरङ र सुनसरीका बिभिन्न व्यत्तिहरु प्रहरीको फन्दामा परेका छन् ।
कोसी प्रदेश प्रहरी कार्यलय विराटनगरले दिएको जानकारी अनुसार पक्राउ गर्नेमा इटहरी १२ का अनिष राना सहित छन् । प्रहरीले उनको साथबाट लागूऔषध ब्राउनसुगर २ ग्राम ३ सय मिलिग्राम फेला पारेको छ भने झापाको बाह्रदशी गाउँपालिका ६ मा इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरी टोलीले बा २६ प ३६३८ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा चालक स्थानीय ४२ वर्षीय रामबहादुर तामाङलाई पक्राउ गरिएको छ ।
उनको साथबाट १ ग्राम २ सय ५ मिलिग्राम ब्राउनसुगर र नगद ३ हजार ६ सय बरामद गरेसँगै उनको घरकोठामा खानतलासी गर्दा उक्त कोठामा लुकाईछिपाई राखेको अवस्थामा डिजिटल तराजु एक थान, ब्राउनसुगर २ ग्राम २ सय ५० मिलिग्राम बरामद गरेको छ ।
यसैगरी मोरङको पथरीशनिश्चरे नगरपालिका १ स्थित २४ वर्षीय अनिल भट्टराईको घरमा लागूऔषध बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा ब्राउनसुगर ८ सय ६० मिलिग्रामसहित उनलाई पक्राउ गरेको हो ।
यस्तै भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री धरान ३ का २६ वर्षीय सगर सहनीको साथबाट २ ग्राम ४० मिलिग्रामसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

