इटहरी । खेलक्षेत्रमा काम गर्ने तथा खेलाडी उत्पादन गर्ने उदेश्यले इटहरीमा न्यु भिजन क्लव गठन भएको छ ।
खेलकुद र त्यो पनि फुटवलको क्षेत्रमा काम गर्ने उदेश्यले राजेश भण्डारीको अध्यक्षतामा १३ सदस्य रहेको क्लव आइतबार गठन भएको हो ।
इटहरीका २० वटै वडाका प्रतिनिधि समेटिने गरी खेल र खेलका क्षेत्रको प्रवद्र्धन गर्न क्लवको गठन गरिएको अध्यक्ष राजेश भण्डारीले बताए । पछिल्लो समय युवाहरु बिभिन्न कुलतमा फसिरहेको अवस्थामा युवालाई खेलक्षेत्रमा लगाएर कुलतबाट टाढा राख्ने काममा क्लवले भुमिका खेल्ने भण्डारीले बताए ।

इटहरीमा रहेका लव्ध प्रतिष्ठित व्यक्तिहरुको सल्लाहमा खेलाडी उत्पादन साथै टोल, नगर, जिल्ला तथा प्रदेश स्तरिय खेल प्रतियोगिताहरु सन्चालन गर्दै खेलाडी उत्पादनमा क्लवले काम गर्ने भण्डारी बताउँछन् ।

