सहकारी तर्फ रामधुनी नगर, वृहत नीति ४ लाख बजेट

रामधुनी । सहकारीलाई विकासको मुल जड मानेको रामधुनी नगर सरकारले सहकारी क्षेत्रका लागि जम्मा ४ लाख बजेट बिनियोजन गरेको छ ।

एउटा कर्मचारी सहित सहकारी शाखा नै राख्न नसकेको नगरले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन कृषि सहकारीलाई जोड दिने लक्ष्य अघि सारेको छ भने सहकारी क्षेत्रलाई उत्पादनशील बनाउन क्षमता अभिवृद्धि गर्दै बित्तीय अनुशासनमा जोड दिने नीति लिएको छ ।

यता सहकारी संघ संस्थालाई बहु उत्पादन प्रशोधन तथा बजारीकरण तर्फ उन्मुख गराउन क्षमता अभिवृद्धि गराइने समेत नीति कार्यक्रममा उल्लेख गरेको छ । क्षमता अभिवृद्धिका लागि सहकारी नेतृत्व विकास लेखा तथा बित्तीय व्यावस्थापन प्रभावकारी बनाई कर व्यवस्थापनमा सहयोग पुयाइने बताइएको छ ।

६ बुँदाको नीति लिएको नगरले बजेट भने ३ शिर्षकमा जम्मा ४ लाख रुपैँया बिनियोजन गरेको छ । कोपोमिस तालिम, कर व्यावस्थापन तालिम र लेखा तथा वित्तिय व्यवस्थापन तालिम सन्चालनमा ४ लाख बजेट बिनियोजन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.