काठमाण्डौ । नेपाल प्रहरीको अनुसन्धान व्युरो सिविआईले भाटभटेनी सुपर स्टोरका सञ्चालक मिन बहादुर गुरुङ लाई काठमाण्डौबाट पक्राउ गरेको छ ।
सीआईबीको टोलीले केही बरेअघि काठमाडौंबाट नियन्त्रणमा लिएको बताएको छ । ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको हो ।
डेढ वर्षअघि नै अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाए पनि थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेकोमा ब्युरोले फाइल खोलेर आरोपितलाई पक्राउ गरेको हो ।