आईसीसी विश्वकप क्रिकेटको छनौट खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । आज भएको दोस्रो खेलमा भीम सार्कीको अर्धशतक सहितको प्रयासले अमेरिकालाई हराउन सफल भएको हो ।
पहिलो खेलमा जिम्बाबेसँग पराजित भएको नेपाल अव अर्को खेलमा नेदरल्याण्डसँग भिड्ने छ । आजको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी संयुक्त राज्य अमेरिकालाई छ विकेटले पराजित गरेको हो । नेपाली बलरहरूले कसिलो बलिङ गर्दै अमेरिकालाई २०७ रनमा सीमित तुल्याएका थिए। जबाफमा भीम सार्कीको अर्धशतकसहितको मद्दतले नेपालले ४३ औँ ओभरमा निर्धारित लक्ष्य हासिल गरेको थियो।
पहिलो खेलमा जिम्बाब्वेसँग पराजित भएको नेपालले यो जितसँगै महत्त्वपूर्ण दुई अङ्क प्राप्त गरेको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले अमेरिकालाई एक ओभरको खेल बाँकी हुँदै २ सय ७ रनमा सीमित पार्यो। दोस्रो इनिङ्समा नेपालले ४३ औँ ओभरमा २११ रन बनायो।
योसँगै सुपर सिक्समा पुग्ने सम्भावना नेपालले कायमै राखेको छ। अब नेपालले आफ्ना बाँकी खेल वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग खेल्नेछ।