रामधुनीमा विद्यालय स्तरिय कराँते प्रतियोगिता सम्पन्न

झुम्का । रामधुनी नगर सितो रियो संघले ६ सामुदायिक विद्यालय सहित १९ वटा विद्यालयबीच कराँते प्रतियोगिताको आयोजना गरेको छ ।
रामधुनी नगरपालिकाको सहयोग तथा नगर सितो रियो संघको आयोजनामा झुम्काको कल्पवृक्ष पार्टिप्यालेसमा भएको कार्यक्रममा नगरक्षेत्रका १९ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा बोल्दै रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाले खेलकुदका क्षेत्रमा नगरपालिकाले काम गरिरहेको बताइन । उनले विबिध कारणले यसपाली मेयर कप फुटवल आयोजना गर्न नसकेको भएपनि आगामी बर्षबाट त्यसलाई समेत समेटेर लैजाने उपमेयर थापाको प्रतिवद्धता थियो ।


आफुहरुलाई नगरले खेलकुद सामाग्री खरिद गर्न अथवा खेलको प्रवद्र्धनमा समेत सहयोग गरिहेको रामधुनी नगर सितो रियो संघका अध्यक्ष दिपेन्द्र विष्टले बताए । कार्यक्रममा प्याब्सन सुनसरीका उपाध्यक्ष रमेश कार्की, रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापा लगायत विभिन्न विद्यालयको संस्थापक तथा प्रद्यानाध्यापकहरुको उपस्थिती रहेको थियो ।
नगर सितो रियो कराँते संघले २५ केजी, ३० केजी, ३५ केजी साथै ५५ केजी र ६० तथा सो भन्दा माथिको तौल समुहका विद्यार्थीलाई प्रतियोगितामा सहभागि गराएको थियो । कार्यक्रम डेभिड विष्टले सन्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.