रामधुनीको वडा स्तरिय क्रिकेटको उपाधि वडा नम्बर एकलाई

झुम्का । रामधुनी नगरको वडा स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर एकले हात पारेको छ ।


शनिवार झुम्का स्थित पिप्राहा खेलमैदानमा भएको फाइनलमा वडा नम्बर १ ले दोस्रो पटक वडा स्तरिय क्रिकेट च्याम्पियनको उपाधि जित्न सफल भएको हो । वडा नम्बर ५ सँग भएको फाइनल खेलमा १९ दशमलव ५ ओभरमा १७७ रन सहित अलआउट भएको वडा नम्बर १ ले १७८ रनको चुनौति वडा नम्बर ५ लाई दिएको थियो । तर वडा नम्बर ५ ले १३६ रनमै अल आउट हुँदा एक च्याम्पियन बन्न सफल भयो ।

सेमिफाइनल खेलमा वडा नम्बर ३ लाई ५ विकेटले हराउँदै वडा नम्बर ५ फाइनलमा प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर ६ र ७ को टोलीलाई ११ रनले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो ।
रामधुनी नगरपालिकाको सहयोगमा रामधुनी क्रिकेट क्लवका संयोजन तथा झुम्का जेसिज र जुनियर जेसिजले वडा स्तरिय क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो ।

शनिवारको फाइनल खेलसँगै वडा नम्बर १ ले २१ हजार नगद सहित सिल्ड र मेडल र प्रमाणपत्र हात पारेको छ भने वडा नम्बर ५ ले ११ हजार नगद सहित सिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगिताको पुरस्कार राशि लर्डबुद्ध इन्टरनेशनल स्कुल र आरम्भ विद्या मन्दिरले प्रायोजन गरेको आयोजकले बताएको छ ।


समापन कार्यक्रममा प्रतियोगितामा सहयोग गर्ने बिभिन्न संस्थाहरुलाई सम्मान समेत गरिएको थियो । समापन कार्यक्रममा बोल्दै रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरीले खेलको माध्यमबाट रामधुनीलाई तथा देशलाई नै चिनाउन खेलाडीहरुलाई शुभकामना दिएका थिए । भने शुभकामना राख्दै झुम्का जेसिस २०२२ का अध्यक्ष द्वारिका प्रसाद घिमिरेले खेललाई चिनाउन सहयोग गरेकोमा नगरपालिकालाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा जुनियर जेसिज झुम्काका अध्यक्ष हेमराज खड्काको सभापतित्वमा भएको थियो भने कार्यक्रम संयोजकको भुमिकामा मिलेनियम निरौला रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.