तेस्रो कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटवल असार ४ देखि ओखलढुंगामा

इटहरी । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनमा तेस्रो कोशी प्रदेश मुख्यमन्त्री कप फुटवल प्रतियोगिता असार ४ गतेदेखि ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा हुने भएको छ ।

बुधबार इटहरीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रतियोगिता सन्चालनको जानकारी गराएका हुन ।ओखलढुंगा जिल्लाकै पहिलो र हालसम्मकै ठुलो प्रतियोगिता सन्चालन गर्न लागेको सदस्य सचिव वाग्लेले दावी गरेका छन् ।

३० लाख रुपैँया बजेटमा हुन लागेको फुटवल प्रतियोगितामा १४ वटै जिल्लाका टिमको सहभागिता रहने बताइएको छ । असार ४ गतेदेखि ९ गतेसम्म सन्चालन हुने फुटवल प्रतियोगितामा खेलाडी पदाधिकारी, रेफ्री तथा अन्य पदाधिकारी गरी ३०० जनाको सहभागिता रहने बोर्डले बताएको छ ।


फुटवल प्रतियोगिताको लागि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रदिप भगत थारु संयोजक तोकिएका छन् भने खेलको संयोजन जिल्ला खेलकुद विकास समिति ओखलढुंगा र त्यहाँ स्थित क्लव हरु रहेको बताइएको छ । तेस्रो मुख्यमन्त्री नक आउट फुटवल प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.