पत्रकारहरूको क्षमता विकासको लागि मल्टिमिडिया तालिम

पत्रकारहरूको क्षमता विकासको लागि तीन दिने मल्टिमिडिया तालीम सम्पन्न भएको छ ।

ज्येष्ठ १९ गतेदेखि २१ गतेसम्म उदयपुरको बेलकास्थित बेलका बिच रिसोर्टमा तीन दिने मल्टिमिडिया तालिम सम्पन्न भएको हो ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा सञ्चालन भएको तालिमको उद्घाटन कार्यक्रम बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले रिसराग र पुर्वाग्राहीका कुम्ला बोक्ने कोही पनि पत्रकार हुन नसक्ने बताउनुभयो । नगर प्रमुख कार्कीले पत्रकारहरूले समाचार लेख्दा व्यक्तिगत ढङ्गले कोही कसैप्रति पूर्वाग्रह नराख्न समेत आग्रह गर्नुभयो ।

सबै पत्रकार खराब नहुने तर कोही कोही त्यस्ता पत्रकारका कारण सिङ्गो पत्रकारिता पेशा नै बदनाम हुने गरेको उल्लेख गर्नुहुँदै उहाँले पत्रकारको नाममा समाजमा भ्रम फैलाउनेलाई कानुनी कठगारामा उभ्याइनु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्ग कोशी प्रदेशका अध्यक्ष लिला बल्लभ घिमिरेले मोजो अर्थात् मोबाइल जोर्नालिजमले आफूलाई स्वरोजगार बन्न प्रशस्तै सम्भावना दिएको तर प्राविधिक कुराको ज्ञान हुनुपर्ने धारण राख्नुभयो ।

तालिममा उदयपुर, खोटाङ सुनसरी, मोरङ भोजपुर ओखलढुङ्गा धनकुटा जिल्लाका २० जना पत्रकारको सहभागिता रहेको छ ।

तालिममा मल्टिमिडिया, त्यसमा पनि मोजो अर्थात् मोबाइल पत्रकारिताको बारेमा प्रशिक्षण गराइएको थियो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य भीषण राईले सहभागीहरूलाई मोबाइलबाटै कसरी भिडियो, अडियो लगायतको काम गरि समाचार तयार पार्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण एवम् सहजीकरण गर्नुभयो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.