बाँदर नियन्त्रणको माग राख्दै किसान आन्दोलित

खेतबारीमा लगाएको अन्नपात र फलफूल बाँदरले सखाप पारेपछि धादिङका किसान आन्दोलित भएका छन् । वर्षभरि खाने अन्नपात फल लाग्ने बेला बाँदरले वर्षेनी नाबाँदरले नष्ट पारेको मकैको बोटसहित शुक्रबार धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानी आसपासका किसानले सदरमुकाम धादिङवेसीमा प्रदर्शन गरेका छन् । मकैको बोटको माला बनाएर घाँटीमा झुन्डाउँदै प्रदर्शनमा उत्रिएका किसानले कृषि मन्त्रीको राजीनामा माग गरेका छन् ।

विगत वर्षदेखि नै बाँदर नियन्त्रणको माग गरे पनि कुनै सरकारले बेवास्ता गरेको उनीहरूको भनाइ छ । वर्षेनी खेतबारीमा लगाएको अन्न र फलफूल बाँदरले नष्ट पारिदिएपछि किसान चिन्तित भएका हुन् । “बारीमा बाँदरले मकै भाँचेको देखेर आँसु आउँछ ।” बाँदर नियन्त्रणको माग गर्दै शुक्रबार धादिङवेसी आइपुग्नुभएकी टिकाकुमारी श्रेष्ठ भन्छन, “बारीमा जे लगाए पनि बाँदरबाट जोगाउन सकिँदैन, वर्षेनी दुःख गर्‍यो फल खान पाइएन, यो वर्ष पनि अनिकाल पर्ने भयो ।”

अहिले मकैमा चमरा लाग्ने बेला भएको छ । निगालपानी आसपासका किसानले लगाएको मकैमा बाँदरको रजाइँ छ । “दुःख गर्‍यो, मल हाल्यो खेती गर्‍यो, हुर्कायो । आउला खाउँला, छाक टारौला भन्यो वर्षेनी बाँदरले सखाप बनाउँछ”, किसान देवीप्रसाद रिजाल भन्छन, “हाम्रो समस्यालाई सरकारले ध्यान दिएन, कि बाँदर नियन्त्रण गरियोस् कि हाम्रो खानेकुराको व्यवस्थापन सरकारले गरिदियोस् ।”श बनाउने क्रम झन बढ्न थालेको किसानले बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.