इटहरीमा खुल्यो होटल सोल्टी, २ अर्वको लगानी
इटहरी । व्यावसायी भिम बहादुर पौडेल समुहको लगानीमा बनेको इटहरीको पाँच तारे होटल सन्चालनमा आएको छ । सोल्टी होटल लिमिटेड अन्तर्गत दोस्रो हाइ इण्डो होटल ‘सोल्टी वेस्टेन्ड इटहरी’ नाम दिइएको यस होटललाई काठमाण्डौको तारे होटल सोल्टी ब्रान्डले सन्चालन गरेको हो जेठ ३ गतेबाट संचालनमा आएको यो होटलमा ८० वटा विभिन्न ४ क्याटागोरीका रुमहरू रहेका छन् । सोल्टीको आफ्नै व्यवस्थापनमा संचालन हुने चितवनको पटीहानीपछिको यो दोस्रो होटल हुनेछ। सोल्टीले काठमाण्डौ पछि चितवन , नेपालगन्ज र इटहरीमा ब्राण्ड होटल चलाइरहेको छ । भारतीय र आन्तरिक पर्यटकलाई मध्यनजर गर्दै यो होटल संचालनमा गरेको सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाईंले पत्रकार सम्मेलनमा जानकारी दिए । पूर्वका…