पशुपति जलाहारी घाेटाला विवाद संसदमा प्रवेश
पशुपतिनाथ मन्दिरमा लगाइएकाे सुनकाे जलाहारीमा भ्रष्ट्रचार भएकाे कुरा सत्तारूढ दलका एक साँसदले संसदमा राखेपछि एमालेले तीव्र आक्राेश पाेखेकाे छ । साँसद लेखनाथ दाहालकाे उक्त भनाइ संसदकाे रेकर्डबाट हटाइयाेस् भन्दै एमालेले संसद अवरूद्ध समेत पार्याे । सरकारकाे नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिने सूची रहेकाे संसदमा याे प्रकरण तातिएपछि १२ बजे अवरूद्ध संसद अझै शुरू भएकाे छैन। १४ माघमा तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकालकाे नेतृत्वमा बसेकाे पशुपति क्षेत्र विकास काेष सञ्चालक समितिकाे बैठकले पशुपति मन्दिरमा सुनकाे जलाहारी हाल्ने निर्णय गरेकाे थियाे । साेही समय पशुपति दर्शनका लागि पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जलाहारी राख्नका लागि तीस कराेड रूपैया दिने घाेषणा समेत गरे…