कोशी प्रदेशमा नयाँ सरकार बनाउन प्रदेश प्रमुखले दिए चार दिन
इटहरी । कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको लागि चार दिनको समय दिएका छन् । आइतबार सरकार गठनको आव्हान गर्दै प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको लागि चार दिन अर्थात् असार २१ गते अपरान्ह ५ बजेसम्मको समय दिएका छन् । प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार गत शुक्रबार ढलेको थियो । त्यसपछि कानूनी परामर्शमा रहेका प्रदेश प्रमुख खापुङले सरकार गठनको आव्हान गरेका हुन् । यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा ९२० को प्रयोग भइसकेको भन्दै सोही धाराको उपधारा ९३० अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठनको…
