इटहरी । नेकपा माओवादी केन्द्र रामधुनी नगर कमिटीले आफ्नो पार्टीको ३ महिने शुद्धिकरण अभियान अन्तर्गत रामधुनी ६ मा फुटवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
रामधुनी ६ को थारु बाबा खेल मैदानमा आयोजना हुने फुटवल प्रतियोगितालाई थारु बाबा प्रथम रामधुनी नगर स्तरीय फुटवल प्रतियोगिताको नाम दिइएको छ ।
यहि कार्तिक १६ गतेदेखि २२ गतेसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन माओवादी नेता तथा कोशी प्रदेशका पुर्व मन्त्री जिवन आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीको रामधुनी नगर अध्यक्ष बलराम चौलागाईले बेष्ट सञ्चारलाई जानकारी दिए ।
१६ गतेदेखि दैनिक दिनको २ बजेबाट सुरु हुने फुटवल प्रतियोगितामा रामधुनीका ९ वटै वडाका एक एक टिमका साथै अन्य एक टिम थपिएर १० वटा टिमको सहभागिता रहने बताइएको छ ।
थारु बाबा फुटवल टिमको सह आयोजनामा हुन लागेको फुटवल प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ हजार सहित मेडल र प्रमाणपत्र साथै द्धितीय हुनेलाई १० हजार नगद र प्रमाणपत्र सहितको पुरस्कार प्रदान गरिने आयोजकले बताएका छन् ।
जनतासँग जोडिन भन्दै नेकपा माओवादी केन्द्रको केन्द्रिय अभियान अन्तर्गत बिभिन्न प्रकारका कार्यक्रम सहित ३ महिने अभियान सञ्चालन भइरहेका छन् ।

