इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पागंले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई भेटेर धरान इटहरी सिमा विवाद मिलाइदिन आग्रह गरेका छन् ।
मुख्यमन्त्री भेट्न विराटनगर पुगेका मेयर साम्पागंले मङ्गलवार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई भेटेका हुन ।
मेयर साम्पाङले मुख्यमन्त्री कार्कीलाई इटहरी र धरानको सिमाना विवाद टुङ्ग्याइदिन आग्रह गरेका थिए । यस्तै, खानेपानीको विषयमा पनि मुख्यमन्त्री कार्कीसँग कुराकानी भएको मेयर साम्पाङले बताए ।
भेटको क्रममा मुख्यमन्त्री कार्कीले प्रदेश र नगरको साझेदारीमा खानेपानी समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए ।
धरानको खानेपानीको समस्या हल गर्न प्रदेश र सङ्घलाई पनि जोड्न प्रयत्न गर्ने मुख्यमन्त्रीले बताएका थिए । काकाकुल धरानको प्यास मेटाउन नगर र प्रदेश सरकारको साझेदारीमा काम गर्नुपर्ने मुख्यमन्त्री कार्कीले बताएका थिए ।
मुख्यमन्त्री कार्कीलाई मेयर राईले रुद्राक्षको माला लगाएर बधाई दिएका थिए ।