दुवई । साहित्यकार तथा गजलकार रोहित रानालाई सयुक्त अरव इमिरेट्स युएईको दुवईमा सम्मान गरिएको छ ।विदाको दिन आइतबार दुवईको सिल्भर स्पोन रेष्टुरेन्टको सभाहलमा अमेरिकाको मेरिल्याण्ड निवासि गजलकार रानालाई दुवईको सिर्जना बाचन डवलीले सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली समाज युएईका अध्यक्ष वेद प्रसाद अर्याल साथै सभाध्यक्ष जे सागरले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानको करद गर्दै सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
सिर्जना वाचन डवलीले गजलकार रोहित रानाकै सम्मानमा विशेष गजल वाचन तथा युएईमा रहेका श्रष्ठाहरुको समेत रचना बाचन कार्यक्रम राखेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी अर्यालले प्रवासमा पनि उत्कृष्ट रचना श्रवण गर्ने मौका मिलेको भन्दै खुसी व्यक्त गरेका थिए भने नेपाली समाजले साहित्यलाई स्थान दिने गरिको कार्यक्रम राखेको र आगामी दिनमा समेत साहित्यले स्थान पाउने गरिको कार्यक्रम नेपाली समाज युएईले ल्याउने प्रतिवद्धता व्यत्तः गरे ।
रचना सुन्ने र सुनाउने कार्यक्रम गर्ने सिर्जना बाचन डवलीमा यस पटक अपेक्षा गरेभन्दा बढी सर्जक उपस्थिती भएको भन्दै कार्यक्रम सञ्चालक भवानी नेपालले खुशी प्रकट गरेका थिए ।
कार्यक्रममा सर्जकहरू डीएल घिमिरे, डिजी शर्मा, राज लम्साल यात्री, भुपेन्द्र आचार्य कान्छो, समीप आचार्य यात्री, हरिहर कँडेल, आस्था निरौला, बिलासी मान्छmे ओम कुमारी खाँड, सोनी भण्डारी,बिष्णु प्याकुरेल, गणेश बस्न्यात, उमेश चन्द,नकुल पौडेल, इन्धन डिबी भण्डारी, राजेश भट्टराई, उपमनी संग्रौला लगायतले आफ्नो आफ्नो सिर्जना वाचन गरेका थिए ।