प्रकाश बन्जरा ।
युएई । आजाद तथा प्रिलान्सर भिसा भन्दै पछिल्लो समयमा सयुक्त अरव ईमिरेट्स युएई आउनेको संख्या बढेको छ । त्यसमा नेपालीको संख्या पनि निकै पाइन्छ ।
आफ्नै भिसा हुने , काम पाएको खण्डमा नो अब्जेक्सन लेटर मिल्ने तथा कम्पनीले बैँक ट्रान्जेक्सन समेत मेन्टेन गरिदिने लगायतका सर्तमा नेपालीहरु फ्रिलान्सर भिषा भन्दै युएई आएको पाइन्छ ।
तर युएईमा आइसकेपछिको समस्या भने अर्कै छ । यसरी फ्रिलान्सर भिषा भनेर आउनेहरु कुनै कम्पनीको भिषामा रहनेगरे पनि काम भने पाउँदैनन् । अर्को कम्पनीमा काम गर्ने कानुनी अधिकार नभएपछि कतै गैह्र कानुनी रुपमा पार्टटाइम गर्न सक्छन् त्यो पनि नहुँदा घर न घाटको भएर बसेका नेपालीहरु युएईमा थुप्रै भेटिन्छन् ।
३ महिना अघि फ्रिलान्सर भिषामा भनेर दुवई आएका रामनगर चितवनका धनेश्वर जिसीको अहिलेको दैनिकी बरदुवईका पार्क डुल्नु बाहेकको छैन । काम गर्न भनेर जिसिले काम नखोजेका भने होइनन् तर काम लगाइदिन्छु भन्ने नेपालीहरुले नै जिसिलाई पहिला एक महिनाको तलव बराबर कमिसन माग्ने काम गरे जसले गर्दा त्यस्तो काम गर्नुभन्दा नगर्नुनै बेस भनेर जिसि काम नगरी बसेका छन् ।
आफलाई ल्याउ एजेन्टले २ बर्षको भिषा त लगाइदिएको छ । साथमा रेसिडेन्ट परिचय पत्र अर्थाथ ईमिरेट्स आईडी पनि बनेको छ । बिना फगतमा सबैले गर्नुपर्ने आईएलओई बिमा पनि गरेका छन् तर काम नै नहुँदा खानको लागि घरबाटै पैसा मगाउनुपर्ने अवस्था छ ।
जिसिसँगै यसरी फ्रिलान्सर भिषा लगाएर बस्ने हजारौँको संख्यामा नेपाली भएको आंकलन गरिएको छ । कतिपयले कानुनले बर्जित हुने खालका काममा समेत लाग्ने गरेका छन् जसले अनिस्चित भविश्यको अवस्था सिर्जना गरिदिएको छ ।
धेरै यस्तो भिषामा आउने नेपालीको चाहाना भनेको युएईबाट युरोपियन राष्टहरुमा जानको लागि प्रक्रिया सहज हुनु समेत हो । नेपालमा भन्दा बढी युरोपियन, अमेरिका , क्यानडा र अस्टे्लियाका अध्यागमनका कामहरु दुवईबाट हुने गरेका छन् । कतिपय अवस्थाका काम नभएपनि काम हुन्छ भन्दै यहाँका कन्सल्ट्यान्सिहरुले माटो रकम लिने गरेको र काम हुँदैछ भन्दै लामो समय झुलाउने गरेको समेत गुनासो बेला बेलामा सामाजिक सञ्जालमा आउँने गरेको छ ।
मिठो गफ गर्न र नेपालीहरुलाई नै पन्जामा पार्न यहाँका धेरै जसो कन्सल्ट्यान्सिले नेपाली स्टाफहरुनै हायर गरेर काम गर्ने गरेका छन् । काम गर्नुभन्दा पहिले आफ्नो सुविधाका लागि काम नभएको खण्डमा लिएको पैसाका आधा पैसा फिर्ता गर्ने त्यो पनि ६ महिना अथवा सो भन्दा लामो समय पछि गर्ने भन्दै सम्झौता गर्ने गरेको पाइएको छ ।
लामो समयदेखि गल्फ तथा युरोपियन राष्टमा आवश्यक पर्ने जनशक्ति पुर्ति गर्ने काम गरिरहेको लाइफ लाइन ह्युमन रिसोर्स युरोपको मामलामा धेरै नेपालीले पैसा फसाउने गरेको बताउँछ । आफुले के काम जानेको छ आफ्नो काम अनुसारको डिमाण्ड छ कि छैन त्यो नबुझि युरोप जान्छु भन्दै हतासमा निर्णय गर्नु भनेको पैसा फसाउनु हो भन्ने सुझाव लाइफ लाइन ह्युमन रिसोर्सकि जिसिसि प्रमुख पुजा श्रेष्ठ बताउँछिन् ।
आफुहरुसंग आएको डिमाण्डमा क्लाइन्ट बाट अन्तर्वातामा सफल हुने उम्मेद्वारलाई लाइफ लाइनले खाडी भरी क्याण्डिडेटबाट रकम नलिइकनै काम गर्ने रहेछ । त्यसो त पछिल्लो समय युरोपका बिभिन्न देश र क्यानडा, अस्ट्रेलियाको काम समेत भइरहेको लाइफ लाइनले बेष्ट सञ्चारलाई बतायो ।
।