नेपालीको युरोप सपना साकार पार्दै लाइफलाइन एचआर सर्भिस

प्रकाश बन्जरा । युएई ।

पछिल्लो समयमा खाडी भन्दा पनि युरोपियन राष्ट मा रोजगारीको सपना देख्ने नेपालीको संख्या बढेको छ । पहिले उच्च शिक्षाको लागि मात्रै युरोपियन तथा विकसित राष्ट धाउने नेपालीहरु अहिले सिधै जागिरको लागि पनि युरोपियन देशतिर जान थालेका छन् ।

सिप भएका नेपालीहरुलाई युरोपियन राष्ट हरुले सिमित प्रक्रिया पछि सहजै भिषा दिने र उता गइसकेपछि अन्तराष्ट्रिय कानुन अनुसारको राम्रो सेवा सुविधा र छोटो समय त्यहाँ बसिसकेपछि स्थायी आवास अनुमति अर्थात पीआर पनि पाउने भएकाले नेपालीको युरोप आकर्षण बढेको पाइन्छ ।

दक्ष अर्धदक्ष तथा सिप नभएकाहरु पनि श्रमिक लेभलमा जान सक्ने भएकाले युरोप जान चाहाने नेपालीको भिड बढेको बताइन्छ । नेपालमा रहेर सुरुका दिनमा खाडी राष्ट तथा मलेसियाको काम गर्ने लाइफ लाइन एचआर सर्भिस ले पछिल्लो दिनमा आफुलाई फराकिलो बनाउँदै पुरै जिसिसि र युरोपको  सपना देख्नेहरूको सपनालाई पनि साकार पार्ने गरेको छ । खाडी राष्ट्रहरुमा आवश्यक पर्ने श्रमिकको मागलाई सम्बोधन गर्न २०१७ मा युएईमा स्थापना भएको लाइफ लाइन एचआर सर्भिस ले अहिले युएईको दुबई र अबुधाविमा समेत विस्तार भएको छ ।

बिभिन्न कम्पनीलाई आवश्यक पर्ने जनशक्तिहरू हायरिगं गर्ने र उम्मेद्वार र कम्पनी बिचको पुलको काम आफुहरुले गरिरहेको लाइफ लाइन एचआरको जिसिसि प्रमुख पुजा श्रेष्ठ बताउँछिन् ।

सन २०१४ देखि युएईमा रहेकी पुजा लाइफ लाइनले युएईमा सेवा सुरु गर्दा देखिकै एक खम्बा रहिछन् । कम्पनीले गर्ने फेयर र पारदर्शी कामकै कारण अहिले छोटो  समयमा युएईमा मात्रै ३ वटा  कार्यालय खोल्न सफल भएको पूजाले बताइन ।

दुबईको अतिनै व्यस्त र मस्त रहने शेख जायद रोडको इमिरेट्स टावर मेट्रो स्टेसन नजिकै अल मुसा टावर २ मा रहेको लाइफ लाइनको कार्यलय पुग्दा को आनन्द पनि  बेग्लै थियो । लाइफ लाइनले युएईमा रहेर अथवा नेपालमै रहेर पनि ग्लोबल्ली काम खोजिरहेका नेपालीहरुका लागि मात्रै नभएर खाडीमा रहेर युरोप तथा अन्य खाडी देशमै रोजगारको अवसर खोज्ने विदेशी हरुको लागि समेत लोकप्रिय कन्सल्टेन्सी रहेको यहाँको भर्ति बिभाग हेरिरहेकी आँचल श्रेष्ठले बताइन । केहि महिना अघिमात्रै लाइफ लाइनसँग जोडिएकी आँचलले आफूसमेत यो कम्पनीमा फ्रि भिषा र फ्रि टिकटमा नेपालबाट आएको बताइन् ।

युएई तथा गल्फ भरी माग भएका काममा छनौट प्रक्रियाबाट सफल उम्मेदवारहरुलाई निशुल्क रोजगारी उपलव्ध गराउँदै आएको लाइफ लाइनको दावी छ । “हामी युएई तथा गल्फ मुलुकको कामका लागि  उम्मेदवारबाट शुल्क लिँदैनौ बरु उक्त उम्मेद्वार हायरिगं गर्न लाग्ने शुल्क रोजगार दाता कम्पनीबाट भराउँछौ जसले गर्दा पनि लाइफ लाइनलाई रोजाई बनाउनेको संख्या निकै छ” पूजाले हामीसँग भनिन् ।

पछिल्लो समय युरोप तथा अस्ट्रेलिया, क्यानडा,र  अमेरिका रोज्ने नेपालीहरुको ठुलो भिड छ नेपालबाटै ती ठुला देश जाने सपना बोकेर उनीहरु भिजिट भिषा तथा प्रिलान्सर भिसा भन्दै दुबई तथा युएई आउने गरेका छन् ।  तर भनेजस्तो सहज र सजिलो भने युरोप नभएको लाइफ लाइन बताउँछ ।

प्राय कस्ता नेपालीहरु युरोपको चासो गरेर आउँछन् त हामीले पूजालाई सोध्यौँ प्राय जिद्धि स्वाभाव जान खोज्ने तर कामको अनुभव नभएका, सामान्य सिभि अर्थात बायोडाटाको समेत जानकारी नभएकाहरु समेत युरोपको सपना देखेर कन्सल्ट्यान्सि धाउने गरेको पूजाको अनुभव रहेछ ।

हामी त सकेसम्म सम्झाएर पठाउँछौँ तर अर्को कन्सल्ट्यान्सि जानु भनेको  पक्कै ठगिनु हो । कतिपय कन्सल्ट्यान्सिहरुले नहुने काम पनि हुन्छ भन्दै प्रक्रिया शुरु गर्न एड्भान्स पैसा मागिहाल्ने गरेको र लामो समयसम्म झुलाउने गरेको पूजाले हामीलाई सुनाएन ।

“तर लाइफ लाइनले त्यसो गर्दैन । हामी पहिले क्यान्डिडेटलाई अन्तवार्तामा सामेल गराउँछौँ । सफल अन्तवार्तापछि छनौट उम्मेदवारले रोजगारदाताले अफर गरेको काम र सेवा सुविधामा चित्त बुझेर अफर लेटर साइन गर्नुभयो भने किस्ता बन्दिमा पैसा  लिन्छौं । “पूजाले हामीलाई भनिन् ।

खाडी राष्ट्र भरी निशुल्क हाइरिगं गर्ने भएपनि लाइफ लाइनले युरोपियन देश जानेहरूसँग भने देश हेरेर फरकफरक  खर्च लाग्ने बतायो । “शुल्क क्लाइन्टले तोकेको आधारमा हुन्छ कुनै क्लाइन्टले धेरै कमिसन मागेको छ भने हामी क्यान्डिडेटलाई त्यहि अनुसारको  ब्रिफिङ गर्छौ कसैले कम मागेको छ भने त्यही अनुसारको ब्रिफिङ गर्छौँ । “लाइफ लाइनकी जिसिसि हेड पूजाले हामीसँग भनिन् ।

युरोपमा धेरै अर्थात ९० प्रतिशत क्रेज माल्टाको हो अहिले विस्तारै पोल्याण्ड, क्रोसिया, रोमानिया, हंगेरी जस्ता देशहरुले पनि कामदारको डिमाण्ड पठाउँदैछन् । तर पछिल्लो समयमा माल्टाले आफ्नो पोलिसिमा परिमार्जन गरेकाले केहि गाह्रो हुन थालेको लाइफ लाइन बताउँछ ।

आफुहरुले सफल उम्मेदवारहरुलाई वर्क पर्मिट को लिंक नै  पठाइदिने गरेको जसले गर्दा उम्मेदवारले आफ्नो प्रक्रिया कहाँ पुगेको छ भनेर आफैँ हेर्न पाउने लाइफ लाइनको भनाई छ ।

सामान्यतया  ६ महिनाको प्रोसेस रहने भएपनि कुनै समयमा ४० दिनमा समेत काम हुने गरेको रहेछ । तर कतिपय युरोपियन राष्ट्रहरुमा दूताबासको अप्वाइन्टमेन्ट पाउन लामो समय कुर्नुपर्ने हुँदा भनेको समयमा काम नहुने रहेछ ।

युरोपियन देशहरुमा सबैभन्दा बढी डिमाण्ड हस्पिटालिटी को आउने गरेको लाइफ लाइन बताउँछ । जसमा सेफ, हाउसकिपिगं स्टाफ, इलेक्ट्रिसियन, प्लम्बर, ड्राइभर, क्यासियर, बुचर जस्ता पोजिशन बढी हायरिगं हुने बताइन्छ ।

अव युरोपको चाहाना राख्नेहरूले के गर्ने

युरोपियन देशमा जान चाहाने नेपालीहरुले सबैभन्दा पहिला त आफु को हुँ के काम गर्दै छु र आफ्नो अनुभव के छ भनेर आफैँलाई  चिन्नुपर्ने लाइफ लाइनकी जिसिसि हेड श्रेष्ठ बताउँछिन् ।“ धेरै जसो नेपालीहरु जे मा पनि जान्छु । प्रोसेस गरिहाल्नु होस भन्ने हिसाबमा आउनुहुन्छ ।आफ्नो ब्याक ग्राउण्ड के हो म के मा फिट छु भन्ने कुरा पहिला हेक्का राख्नुपर्छ ।“ सामाजिक सञ्चालमा नेपालीहरु एक्टिभ भएपनि कसरी चलाउने भन्ने राम्रो ज्ञान भने नभएको र सामाजिक सञ्चालमा कुनै डिमाण्ड जुन सुकै समय भएपनि कल गरिहाल्ने , ह्वाट्सएप लगायतका प्लेटफर्ममा पुर्ण म्यासेज नलेखी  हाइ हेल्लो मात्रै लेखेर पठाउने, काममा त्यत्ति सिरियस नहुने जस्तो व्यवहार हाम्रा दाजुभाई हरुबाट हुने गरेको अनुभव श्रेष्ठले हामीलाई सुनाइन ।

युरोप जाने सोच बनाइसकेपछि के मा जाने, आफुसँग त्यो कामसँग सम्बन्धित तालिम तथा अनुभव के छ त्यो बुझ्नुपर्ने पूजाले सुझाइन । युएईमा रहेका नेपालीहरुका लागि लाइफ लाइन सदैव प्लेटफर्म बन्न तयार रहेको उनको भनाई थियो ।

 

1 Comment

  • Hello madam namste🙏I’m a chef commi-1 I have a exprince 6 year working from oman hotel crownplaza hotel I’m scraching job from malta.can u explean for me.thank U

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.