रमादानमा शुरु हुँदैछ । विश्वभरका मुस्लिम समुदायले एक महिनासम्म ब्रत राख्ने रमादानलाई एक हिसावले पर्वको रुपमा समेत लिने गरिन्छ ।
यो बर्षको रमादान मार्च महिनाको यदि तपाई खाडि मुलुकहरु दुवई, कतार,साउदी अरेविया, ओमान, तथा कुवेतमा हुनुहुन्छ भने यो एक महिनासम्म तपाईले पनि ख्याल गर्नुपर्ने कुराहरु छन् ।
१२ तारिखबाट शुरु हुने अपेक्षा गरिएको छ । सामान्यतया चन्द्रमा उदाएको हेरेर यसको घोषणा हुने भएकोले कहिलेबाट शुरु हुने भन्ने कन्फर्म भएको छैन ।
रमादानको समयमा विहान सुहुर खाइसकेपछि साँझको घाम नअस्ताउन्जेलसम्म मुस्लिमहरुले केहि खादैनन् । सुहुर भन्नाले रमादानको समयमा मुस्लिम समुदायले विहान सुर्य उदाउनुभन्दा पहिले खाने खानालाई भन्ने गरिन्छ ।
यसलाई रोजा राखेको भन्ने गरिन्छ । रोजा राख्नु हरेक हिसावले राम्रो हो भन्ने विश्लेण कुरान र उनिहरुका विद्धानहरुबाट सुन्न पाइन्छ । यो एक महिना मुस्लिम मात्रै नभएर खाडी राष्टमा बस्ने अन्य धर्मावलव्मिले समेत अन्य धर्मावलम्विहरुले समेत रोजा राख्ने गरेको सुनिन्छ ।
मुस्लिम राष्ट र सो राष्टका नागरिकका साथै यहाँ काम गर्ने मुस्लिम समुदायले समेत रोजा राख्ने भएको कारण अन्य धर्मावलव्मिले पनि उनिहरुको सम्मानमा पव्लिक ठाउँमा खाने , चुरोट पिउने , मनोरन्जनका साधन बजाउने गर्न हुदैन ।
रमादानमा के गर्ने के नगर्ने त ।
रोजा राख्नेहरुलाई सम्मान गर्ने
पव्लिकमा जभाभावि नखाने ,
चुरोट नपिउने
सार्वजनिक सवारीमा गाना नबजाउने, मनोरन्जनका काम नगर्ने
दिनका भन्दा साँझ र रातमा बजार र मलहरुमा रमाइलो सपिगँ हुने भएकाले त्यता हिडडुल गर्ने
कुमदेखि घुँडा सम्म ढाकिएको कमडा लगाउने।
मुस्लिम साथीभाई तथा आफ्ना म्यानेजरलाई रमादान करिम भनेर सम्बोधन गर्नुहोस ।
सद्भावको भावना जागृत गर्नुहोस