इटहरी । सुनसरीको ईटहरी उप-महानगरपालिका- ६ मिलन चौक स्थितमा ट्रकको ठक्करबाट एक जना बृद्धा महिलाको मृत्यु भएको छ ।
बिहीवार दिउँसो साढे १२ बजे पुर्व पश्चिम लोकमार्गमा ना. ८ ख ३२८५ नम्बरको ट्रकले ठक्कर दिदा बाटो क्रस गर्दै गरेकी पैदलयात्री ईटहरी- ४ की ७१ बर्षीया दुर्गा देबि पौडेल घाईते भएकी थिईन् । घाईते उनलाई उपचारको लागी घोपा धरान पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
घटनामा संलग्न ठक्कर दिने ट्रक र ट्रक चालक तामाकोशी गाउँपालिक- ५ दोलखाका २१ बर्षीय सुमन बुढाथोकीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।