इटहरी । सुनसरीको रामधुनी नगरपालिकाको झुम्का बजारमा आगामी फागुन ४ गतेदेखि १९ गते सम्म रामधुनी एक्स्पाे-२०८० हुने भएको छ ।
झुम्का उधोग बाणिज्य संघको आयोजनामा १५ दिन लामो महोत्सव हुने भएको हो । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै एक्स्पाे बारे जानकारी गराइएको हो ।
झुम्का उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने उक्त एक्स्पाेमा कृषि, संस्कृति, पर्यटन तथा औद्योगिक क्षेत्रलाई प्रवर्द्धन गरिने जनाइएको छ ।
स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरूलाई प्रदर्शन गरी विक्री प्रबन्ध मिलाउने साथै स्थानीय देखि ख्याति प्राप्त राष्ट्रिय स्तरका कलाकारबाट मनोरञ्जन गराउने वाणिज्य सङ्घका अध्यक्ष नवीन कुमार चौधरीले जानकारी दिएका छन् ।
त्यसका साथै एक्स्पाेमा कृषि आधुनिक औजार, उपकरण प्रदर्शनी, सुनसरी जिल्ला र रामधुनीका पर्यटकीय स्थलहरूको तस्बिरहरूको प्रदर्शनी, रामुधनीमा उत्पादन भएका बस्तुको स्टल राख्ने, सांस्कृतिक तथा जातीय भेसभुसाको प्रदर्शनी गर्ने, अटाेमाेबाइल तथा इलेकट्रोनिक समानको प्रदर्शनी लगायत फुटवेयर गार्मेन्ट र बैङ्किङ संस्थाहरूको स्टल रहने अध्यक्ष चौधरिले बताएका हुन् ।
महोत्सवलाइ एफएनसिसिआइ कोशी प्रदेशले प्रबर्द्धन गरेको छ भने रामधुनी नगरपालिकाले सहयोग र समन्वय गरेको उधोग बाणिज्य संघ झुम्काका सचिब मनिस गेलालले जानकारी दिए । महोत्सव बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा झुम्का उधोग बाणिज्य संघका पदाधिकारीहरुको उपस्तिथि रहेको थियो ।