मनोरथ फुयाल ।
इटहरी । इटहरीको मनकामना हाइट टोल विकास संस्थाले टोलभरीमा वृद्ध तथा बृद्धाहरुलाई वनभोज खुवाउँदै सम्मान कार्यक्रम गरेको छ ।
शनिवार इटहरीमा टोल विकास संस्थाका अध्यक्ष योगेन्द्र भट्टराईको सभापतित्वमा वनभोज कार्यक्रमको आयोजना गर्दै आफ्नै टोलमा १२ जना वृद्ध तथा वृद्धाहरूलाई सम्मान गरेको हो ।
कार्यक्रममा इटहरी वडा नम्बर ४ का वडा सदस्य विश्वेश्वर पोखरेल प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए भने इटहरी वडा नम्बर ३ मा रहेको सरस्वती माध्यमिक विद्यालयका प्रध्यानाध्यापक लेखनाथ भट्टराई पनि अतिथिको रुपमा कार्यक्रममा उपस्थित रहेका थिए ।
टोलको विकास कार्यक्रममा सक्रिय भएर लागेको मनकामना हाइट टोल विकास संस्थाले आफ्नै टोलमा रहेका वृद्धहरूलाई सोहि वनभोजको अवसरमा सम्मान गरेको थियो ।
संस्थाले बार्षिक कार्यक्रम अनुसार हरेक बर्ष टोलका सम्पुर्ण घरधुरीलाई वनभोजमा सरिक गराउनुका साथै वृद्ध तथा वृद्धाहरूलाई दोसल्ला ओढाएर सम्मान गर्ने गरेको संस्थाका अध्यक्ष योगेन्द्र भट्टराईले बताए ।