खाडीमा नेपाल सम्झाउने दुवईको “हेरिटेज अफ नेपाल रेष्टुरेन्ट एण्ड क्याफे” भिडियो अन्तरवार्ता हेर्नुहोस

प्रकाश बन्जरा ।दुवईबाट ।

समुन्द्र को किनार प्राय सबैलाई मन पर्छ मलाई जस्तै, यो मेरो घमण्ड पनि होला तर मेरो भन्दा ठुलो घमण्ड रामशरणको रहेछ । छुट्टीको दिन बरदुवई त्यसै रमाइलो हुन्छ नेपालीहरुको लागि । हप्ताको एक दिन बिदा मनाउन आफन्त साथीभाइ भेट्न भेला भएका नेपालीको भिडले पार्कको नामै नेपाली पार्क बनाई दिएको छ सयुक्त अरव इमिरेट्सको वर दुवईमा रहेको सिन्दगाहा हेरिटेज नजिकैको पार्कलाई ।

लामो समय पाँचतारे होटलमा उपल्लो तहमा रहेर काम गरेको अनुभव सँगालेका रामशरण खतिवडा धादिङमा हुर्किएका नेपाली युवा हुन । उनको रहर पनि गज्जबको छ पाँच तारे होटलको प्रबन्धकभन्दा माथिको उपल्लो पद छाडेर नेपाल चिनाउने अभियानमा लागेका छन् । माथि उल्लेख गरिएको नेपाली पार्क नजिकै सिन्दगाहा हेरिटेज मा उनले हेरिटेज अफ नेपाल रेष्टुरेन्ट एण्ड क्याफे सञ्चालन गरेका छन् ।

रामको क्याफेमा हामी माघ महिनाको पहिलो हप्तामा पुग्यौँ । उनको क्याफे भर्खरै एक सालको भएको रहेछ । सिंदगा हेरिटेज जुन दुवईको राजपरिवार शेख मक्तुमको पारिवारिक ईतिहास समेटिएको संग्रहालय हो ।

जहाँ यहाँको राजपरिवारले प्रयोग गरेका र उनीहरुसँग जोडिएका रहेक कुराको ऐंतिहासिक संग्रह गरेर राखिएको छ । दुवईको राजपरिवारको ईतिहास हेर्न आउने जो काहिलाई पनि नेपालको ईतिहास नेपालको हेरिटेज द्खाउँन सकिन्छ नेपाल बुझाउन सकिन्छ भनेर रामशरणले युनेस्को मा संग्रहित भएका महत्वपुर्ण स्थलको ईतिहास , तस्विर र त्यसको महत्व समेत बुझाउने गरी हेरिटेज अफ नेपाल रेष्टुरेन्ट एण्ड क्याफेको परिकल्पना गरेका रहेछन् ।

उनको सोच पनि गज्जबको रहेछ । दुवईको ईतिहास र हेरिटेज हेर्दै गर्दा नेपालको हेरिटेज पनि त्यहि ठाउँमा राखियो भने नेपालको केहि मात्रामा भएपनि प्रचार गर्न सकिन्छ ।
पशुपतिनाथ, चाँगुनारायण, चितवनको धुव्रे हात्ति लगायतको माध्यमबाट नेपाललाई चिनाउन चाहनु उनको शोख अनि व्यापार पनि हो ।

समुन्द्र को छेवैमा लमतन्न रहेको हेरिटेज अफ नेपाल रेष्टुरेन्ट एण्ड क्याफे देश सम्झिने नेपालीको लागि गन्तव्य, गौरव र स्वाद पनि हो । बरदुवईको कोलाहल छिचोल्दै आब्रा स्टेसनबाट मिनेटको बाकिन्गमै पुगिने हेरिटेज मा दौरा सुरुवाल र ढाका टोपीमा सजिएका नेपालीको स्वागत अरु भन्दा आनन्दको भेटियो कतिपय नेपालीहरु त दौरा सुरुवालले सजिएको पोशाक देख्नासाथ क्याफेभित्र छिर्न लागेको हामीले पायौँ ।

रामको एकल स्वामित्वमा रहेको यस रेस्टुरेन्ट ले परदेशमा रहेका नेपालीले आफ्ना नेपाली चाडपर्व मिस गर्न नपरोस भनेर हरेक नेपाली पर्वमा सोहि पर्वसँग जोडिएको खानेकुराको परिकारको व्यवस्था गर्ने गरेको रहेछ ।

विदेशमा रहेका नेपालीले धेरै मिस गर्ने भनेको दशैं, तिहार, तीज, छठ, माघे संक्रान्ति, जनै पूर्णिमा आदी हुन । “जुन चाडको जे को लागि महत्वपुर्ण छ हामी त्यहि अनुसारको परिकार बनाएर देश विर्साइरहन्छौँ रामले हामीलाई सुनाए । ”

खाजाको थाली सेट, भटमास साँधेको , थकाली खाना सेट, मोमो, गुन्द्रुकको अचार, गुन्द्रुकको सुप, आलुतामा आदी हेरिटेज ले दिने परिकारहरु हुन । हाम्रो बसाइकै बिच मिठो मोमोको परिकारका साथै खाजाको सेट आइपुग्यो । नेपाली स्वादको खाजा खाँदै हामी रामशरणका अनुभव सुन्यौ ।

झण्डै २० बर्षे होटल तथा हस्पिटालिटी को अनुभवसँगालेका उनि दुवईको कलेज अफ टुरिजमका पार्ट टाइम लेक्चर पनि हुन । होटल तथा हस्पिटालिटी का कसरी काम गर्ने, यहाँका बिभिन्न बिभागका काम कर्तव्य र अधिकार केके हुन आदी सिकाउने रामले दिरासु हस्पिटालिटी नामको अर्को कम्पनी पनि चलाउँदा रहेछन् ।

होटल तथा हस्पिटालिटी क्षेत्रलाई चाहिने दक्ष जनशक्ति नेपालबाट ल्याएर यहाँका तारे होटलमा सर्भिस दिने राम मिस्केटसँग नडराउन र त्यसबाट सिक्न तमाम नेपालीलाई सल्लाह दिन्छन् ।

भिडियो अन्तरवार्ता हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.