झुम्का । पृथ्वी बचाउन अभियान सञ्चालन गरिरहेको संस्था सेभ द अर्थ सुनसरीले आफ्नो विस्वास परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।
राज्य तर्फबाट उपेक्षित गरिएका रोगहरुको पहिचान तथा उचित सल्लाह पछि उपचार गराएर विरामीलाई नयाँ जीवन दिदै आएको परियोजनाले आफुले गरेको कामको समाजमा के कस्तो प्रभाव परेको छ र आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा जनकारि लिई सोहि अनुसारको आगामी कार्य योजना बनाउने उदेश्यले समाजिक परिक्षण गरिएको बताएको छ ।
बिहिवार झुम्काको कल्पवृक्ष पार्टी प्यालेसमा सुनसरी जिल्ला भरिका सञ्चारकर्मी वीच प्रतिवेदन सार्वजनिक गरिएको हो ।सेव द अर्थ संस्थाले फेयरमेड फाउन्डेसन नेपालको अर्थिक सहयोगमा सञ्चालनमा ल्याएको विस्वास परियोजनाले कोशी प्रदेशको सुनसरी जिल्लाका १२ वटा स्थानिय तह मध्ये ८ वटा स्थानीय तह काम गर्दै अएको बताएको छ ।
१ अगस्ट २०२१ देखि सुरु भएको विस्वास परियोजना दुहवी नगरपालिका, इनरुवा नगरपालिका, गढी गाउँपालिका, कोशी गाँउपालिका, भाक्राहा नर्सिङ गाउँपालिका देवानगन्ज गाउँपालिका, हरिनगरा गाउँपालिका र वर्जु गाउँपालिकामा मातृ शिशु कार्यक्रम पनि संचालनमा ल्याएको छ ।
परियोजनाले कुष्ठरोग, हात्तीपाइले, जुका, डेङ्गु, रेविज, सर्पदंश, लुतो, कालाजार, फित्ते जुका र चिकनगुनिया रोगको बारेका ग्रामिण भेगका बसोवास गर्ने मानिसलाई सचेत गराउदै रोगीलाई उपचारको पहुँचमा पुर्याएर नयाँ जीवन दिरहेको छ ।
सामाजिक परिक्षण प्रतिवेदन पत्रकार महासंघ केन्द्रीय सदस्य अम्मर खड्काले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सफल कथाका केही उदाहरण सहितको भिडियो विराट टेलिभिजनका विकल रेग्मीले तयार पारेका थिए ।
प्रतिवेदन लाई लिएर सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईले प्रतिवेदनले केही सुझाव सहितको प्रतिवेदन आएकाले आगामी दिनमा ती सुझावलाई आत्मसात गर्दै अगाडी बढ्ने बताए ।