झुम्का । लायन्स क्लब अफ रामधुनीको ८ ओैँ पदस्थापन कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
आइतबार रामधुनी नगरपालिका वडा नम्बर १ को सभाहलमा भएको कार्यक्रममा लायन्स डिस्टिक ३२५ सि लायन्स गभर्नर बिजयहरि शर्माले जेसि कमला कार्की थापालाइ लायन्स क्लब अफ रामधुनीको ८ ओेैँ अध्यक्षमा पदस्थापन गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गभर्नर शर्माले नवनिर्वाचित थापालाइ ग्यावल हातमा दिएर पदस्थापन गरेका थिए भने अन्य पदाधिकारिलाई नेपालको झण्डा र लायन्सका लोगो अङ्कित पिन दिएर पदस्थापन गरेका थिए ।
२३ र २४ कालागि प्रथम उपाध्यक्ष लक्ष्मी प्रसाद भट्टराई, दितिय उपादक्ष कमल रौनियार, तृतीय उपाध्यक्ष रोहित श्रेष्ठ,सचिव लोकनाथ गेलाल मनिस र कोषाध्यक्षमा विरेन्द्र साहलाई पदस्थापन गरिएको हो ।
वर्ष २०२२ र २३ की अध्यक्ष लायन्स आशा कुमारी चौधरीको टिमको एक वर्षे कार्यकाल सकिएपछि २०२३र२४ का लागि सर्वसम्मत रुपका अध्यक्ष भएकि थापाको टिमले गत जुन देखि पद समाल्दै आएपनि ओैपचारिक रुपमा पदस्थापन भने भएको थिएन ।
समाजमा भएका विकृति विसंगतिलाई चिर्दै समुन्नत समाजको परिकल्पनामा टेवा पुर्याउने उदेश्य बोकेर स्थापना भएको संस्थाको ३१ जना सदस्य रहेकोमा पदस्थापनको अवसर पारेर ६ जना सदस्य थप्दै ३७ सदस्य भएका छन ।
नया सदस्यमा सिर्जना भट्टराई, चन्द्र धिताल, दिपेस बराइली, मिलन रौनियर,गोपल निरौला र शम्भु बस्नेत थपिएका हुन ।