झुम्का । तेइस वर्ष अघि झुम्कामा कुनै सहकारी तथा बैंक नरहेका बेला झुम्का बजारका केही व्यावसायीले झुम्कामा एउटा सहकारीको आवस्यकता महसुस गरि स्थापना भएको नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आइतवार २३ ओैँ साधारणसभा सम्पन्न गरेको छ ।
आर्थिक वर्ष ०७९र०८० को प्रतिबेदन प्रस्तुत गर्द यस आर्थिक वर्षको नीति तथा कार्यक्रम र अनुमानित बजेट अनुमोदन गर्दै साधारणसभा सम्पन्न भएको हो ।
जेष्ठ नागरिक जिल्ला कार्यसमितिको सभाहलमा भएको कार्यक्रममा संस्थामा १२० जना सेयर सदस्यको २९ लाख ७ हजार ९०० रहेका र आगामि आर्थिक वर्षमा १५० सेयर सदस्य थपी ३४ लाख ७ हजार ९०० सेयर पुजी पुर्याउने लक्ष लिएको छ । संस्थाले यश आर्थिक वर्षमा बाल बचत, शैक्षिक बचत जस्ता बचतलाई जोड दिने, सेयर सदस्यलाई तालिम दिई सामुहिक कृषिमा लगानि गर्ने संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले बेस्ट सञ्चारलाई बताए ।
कार्यक्रममा प्रमुख अधिति तथा सगुन कृषि सहकारी संस्था लिमिटेड रामधुनी सेवा केन्दका संयोजक प्रदिप खनालले झुम्काका व्यापारिलाई जोड्ने काम गरेको बताए ।
व्यापारिलाई सामन्य आर्थिक संकट आएका बेला ऋण लिने र कमाएर तिर्ने सजिलो माध्यम रुपमा रहेको सहकारी पछिल्लो कोरोना भाइरसको माहामारी पछि धेरै सहकारी बन्द भैरहेका बेला संस्था टिक्नु पनि महत्त्वपुर्ण भएको अधिकांश वत्ताको भनाई थियो ।