झुम्का । इटहरीको सनेश कृषि सहकारी संस्थाको चौथो साधारणसभा शुक्रबार आफ्नै कार्यालयमा चार सफल कृषक तथा व्यावसायिलाई सम्मान गर्दै सम्पन्न भएको छ ।
संस्थाको उदेश्य अनुसार व्यावसायी सञ्चालन गर्दै आएका सफल कृषक तथा व्यावसायि गुरुङ, गोविन्द कुमार चौधरी, सन्जय कुमार चौधरी र विरेन्द्र राय सम्मानित भएका हुन ।
चार वर्ष अघि परम्परागत कृषिलाई आधुनिकरण गरि युवा स्वरोजगार सिर्जना गर्न छ जना महिला र २४ जना पुरुष गरि ३० जनाले १ लाख ५० हजार सेयर जम्मा गरि सुरु गरिएको सहकारिमा आज सम्म २६४ जना सेयर सदस्यले २६ लाख ९२ हजार सेयर पुजीँ जम्मा भएको संस्थाका अध्यक्ष राजदेव चौरी बताउँछन
।
किसानलाई आवस्यक मल, बीउ सम्म पनि झुम्का बहुउद्देश्यीय कृषि सहकारी संग भर पर्नुपर्ने र दुई बजे राति उठेर लाईन बसेपनि विहान ५ केजि खाद लिएर फरकनु पर्ने किसानको समस्या समाधान गर्न यस सहकारिले साल्ट ट्रेडिङ कर्पोरेसन मा सदस्य भइ विगत तीन वर्ष यता आफ्नै संस्थाको कार्यालबाट किसान लाई खाद मल बीउ उपलब्ध गराउँदै आएको छ ।
आफ्ना सेयर सदस्यलाइ व्यावसायिक बनाउन तरकारि खेति तालिम बाख्रा पालन तालिम कुखुरा पालन तालिम जस्ता तालिम दीदै आएको संस्थाका अध्यक्ष राज देव चौधरीले बताए ।