नाडाको अध्यक्षमा युवा व्यावसायी करण चौधरी निर्वाचित

काठमाण्डौँ । अटो मोवाइल डिलर्स एसोसियनको अध्यक्षमा व्यवसायी करण चोधरी निर्वाचित भएका छन् । शनिवार काठमाण्डौको सोल्टि होटलमा भएको नाडाको ४७ सौँ साधारणसभाले चौधरीलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

साधारण सभाले चौधरी सहित १७ जना केन्द्रीय समिति चयन गरेको हो । समितिका अन्य सदस्यमा राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती, निराकार श्रेष्ठ, आकाश गोल्छा, सुनिल रिजाल, मिलनबाबु मल्ल सर्वसम्मत चयन भएका छन् ।

यसैगरी, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, प्रदीपमान प्रधान, सञ्‍जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी पनि सर्वसम्मत भएका छन् ।

नाडाको संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्‍चिमाञ्‍चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ चयन भएका छन्।

त्यस्तै लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्‍चिम अटोमोबाइल्स डिलर्स एसोसिएउसनको तर्फबाट पुष्कर राज ओझा निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचित कार्यसमितिको पदावधि निर्वाचन मितिले २ वर्षको हुनेछ । निर्वाचित सदस्यहरुबाट कार्यसमितिको पदाधिकारी तय गर्ने नाडाको विधानतस् व्यवस्था रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.