झुम्का । नेकपा माओवादी केन्द्र रामधुनी नगर कमिटीले रामधुनी ३ सिंगीयामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आगामी १८ पौष बुधबार विशेषज्ञ सेवा सहित निशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको नेकपा माओवादी केन्द्र रामधुनीले जनाएको छ ।
रामधुनी नगरपालिका वडा नम्बर ३ को सहयोगमा हुने शिविरमा फिजिसियन सेवा, स्त्री रोग विशेषज्ञ सेवा, बाल रोग विशेषज्ञ सेवा, आँखा रोग विशेषज्ञ सेवा साथै नाक कान र घाँटी रोग विशेषज्ञ सेवासमेत उपलव्ध हुने नेकपा माओवादी केन्द्र रामधुनी का अध्यक्ष बलराम चौलागाईले बताए ।
विराट टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा हुने शिविरमा निशुल्क एक्सरे, भिडियो एक्सरे हुनुका साथै ल्याव र इसिजी युएस जि समेत गरिने अध्यक्ष चौलागाईले बेष्ट सञ्चारलाई जानकारी दिएका छन् ।