कामै नलाग्ने बन्दैछ तराईको माटो, कोल्ट्रिले जोत्दा फाइदा, रोडा नलगाउन सुझाव

इटहरी । माटोमा अम्लियपनाको वृद्धि हुँदै गएपछि अव तराईको माटो कामै नलाग्ने अवस्थामा पुगेको माटो विज्ञ दिगम्बर यादव बताउँछन् ।

कोशी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रामधुनीको झुम्कामा रहेको प्रादेशिक माटो परिक्षण कार्यलयका निमित्त प्रमुख एंव माटो विज्ञ यादवका अनुसार तराईको माटोमा अम्लिएपना बढी भएको र यसको उपचार कृषि चुन तथा प्रांगारिक मलबाट गर्न सकिन्छ ।

बेष्ट सञ्चारसँगको कुराकानीमा बोल्दै यादवले माटोमा अम्लियपना घटाउनका लागि कृषि चुनको प्रयोग गर्नुपर्ने साथै दुवै मल कम्पोस्ट र रसायनिक मल मिलाएर प्रयोग गर्नुपर्ने बताए ।

माटोमा हुनुपर्ने सुक्ष्म तत्वहरुको कमीले गर्दा माटोमा लगाइने उब्जनीको समेत स्वादमा फरकपन आउने बताउँदै यादवले सामान्यतया माटोमा ६ पिएच भन्दा तल अम्लियपना हुनुपर्ने बताए ।

किसानले उब्जनी लगाउनु पुर्व माटोको परिक्षण गर्नुपर्ने साथै खनजोत गर्दा रोडाभेटरको प्रयोग नगरी कोल्टिभेटरको प्रयोग गर्नुपर्ने यादवको सुझाव छ ।

माटो परिक्षण कार्यालय झुम्का सुनसरीले गत एक बर्षमा ३हजार ८३६ वटा माटो परिक्षण गरेको छ । यसरी माटो परिक्षण गर्दा माटोमा अर्गानिक पदार्थ ५६ प्रतिशतले कम, नाइट्रोजन ४४ प्रतिशतले कम , फसफोरस ५४ प्रतिशतले कम र पोटासको मात्रा ३४ प्रतिशतले कम भएको पाइएको रिपोर्टले बताएको छ ।

देशकै अव्वल माटो परिक्षण कार्यालयको रुपमा चिनिँदै आएको झुम्का कार्यालयले माटो परिक्षणका लागि मोवाइल भ्यान, आफ्नो ल्याव र किट बक्सको समेत प्रयोग गर्ने गरेको छ । किसानले आफ्नो जमिनको माटोको अवस्था कस्तो छ भनेर थाहा पाउन प्रतिरोपनी ५ ठाउँको माटो खनेर ल्याएर ७५ प्रतिशत छुटमा राजश्व तिरेर माटो परिक्षण गर्न सक्नेछन् ।

माटो परिक्षणको रिपोर्ट सामान्यतया १२ दिनमा तयार हुने कार्यलय प्रमुख यादवले बताए । उनका अनुसार माटोको सेम्पल दिएपछि रिपोर्ट अनलाइनबाटै किसानले प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.