माघ १ गतेबाट स्वास्थ्य बिमाका बिरामीले पनि १० प्रतिशत उपचार खर्च व्यहोर्नुपर्ने

इटहरी । नेपाल सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रमलाई बिरामीसँगको साझेदारीमा सञ्चालन गर्न भन्दै स्वास्थ्य बिमा बोर्डले दश प्रतिशत शुल्क विरामीसँग पनि लिने भएको छ ।

स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी गर्नुपर्ने भन्दै पेश भएको सुझावमा स्वास्थ्य बिमा बोर्डले माघबाट लागु गर्न लागेको हो । बोर्डका अध्यक्ष डा. गुणराज लोहनीका अनुसार बीमा लागू भएका सबै अस्पतालमा कोपेमेन्ट लागू गरिँदैछ ।

सरकारी, सामुदायिक र निजी सबैखाले अस्पतालमा यो व्यवस्था लागू हुनेछ । स्वास्थ्य बीमाले समेट्दै गर्दा अनावश्यक प्रभावमा उपचार हुने गरेको गुनासो आएपछि यस्तो व्यावस्था गर्न लागिएको बोर्डको भनाई छ । राज्यलाई आर्थिक भार कम गर्न पनि यस्तो व्यावस्था गर्न लागिएको हो ।

बीमाको रकम बाँकी रहेको भन्दै बीमाकर्ताले आवश्यक नपर्दासमेत विभिन्न परीक्षणका लागि चिकित्सकलाई दबाब दिने गरेका छन् । कोपेमेन्ट लागू भएसँगै दबाब कम हुने अपेक्षासमेत गरिएको छ । कोपेमेन्ट लागू भएसँगै आवश्यकताअनुसार थप निजी अस्पताललाई समेत बीमामा समावेश गर्ने बिमा बोर्डको भनाई छ ।

अस्पतालमा एक महिनाका लागि मात्रै बीमाका बिरामीलाई औषधि दिने गर्दा भीड हुने गरेको छ । बिरामीले समेत दुःख पाउने गरेका छन् । उच्च रक्तचाप, मधुमेह, कोलस्ट्रोल, दमजस्ता रोगको नियमित खानुपर्ने औषधि तीन महिनाका लागि एकैपटक दिने व्यवस्था गरिएको डा। लोहनीले जानकारी दिनुभयो ।

नेपालमा ३० लाख हाराहारी परिवार स्वास्थ्य बीमामा जोडिएका छन् । विसं २०७२ मा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा शुरुवात भएको यो कार्यक्रम अहिले स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको छ । स्वास्थ्य बीमा ऐन २०७४ जारी भई स्वास्थ्य बीमा नियमावली २०७५ समेत पारित भएर कार्यान्वयनमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.