इटहरी । गरिमा विकास बैँकका ग्राहकले विराटनगरको बिराट टिचिङ र बिराट नर्सिङ हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् ।
बुधबार हस्पिटल र बैँकको तर्फबाट ग्राहकले उपचार पाउने सम्बन्धि सम्झौतामा हस्ताक्षर गरिएको छ ।गरिमा बिकास बैकले आफ्नो ग्राहकलाई बिराटनगरको बिराट टिचिङ र बिराट नर्सिङमा उपचार गर्दा छुटको ब्यबस्था हो ।
सम्झौतामा बैँकको तर्फबाट गरिमा विकास बंैककी कोशी प्रदेश प्रमुख रक्षा भट्ट र हस्पिटलको तर्फबाट उपाध्यक्ष निकिता कार्कीले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार रूटिन ल्याव इन्भेस्टिगेसन मा १५ प्रतिशत छुट हुने भएको छ भने एक्सरे, शल्यक्रिया र बेड चार्जमा समेत १५ प्रतिशत छुट हुने भएको छ ।
यस्तै गरिमा विकास बैँकका ग्राहकलाई एमआई आई र सिटि स्कानमा क्रमश रु ७५० र ५०० छुट हुने भएको छ भने आईसीयु, एनआईसीयु, भेन्टिलेटर ईसीजी र युएस जिमा १० प्रतिशत छुट हुने भएको बैँकले बताएको छ ।