रामधुनी नगर भरी भोली सोमबार सार्वजनिक विदा

इटहरी । रामधुनी नगरपालिकाले बालाचतुदर्शीको अवसरमा भोली २५ गते सोमबार नगर भरी सार्वजनिक विदा दिने भएको छ ।

बालाचतुर्दशी पर्वको अवसरमा रामधुनी ४ स्थित रामधुनी मन्दिरमा भव्य मेला लाग्ने भएकाले आइतबार बसेको नगर कार्यपालिकाको बैठकले विदा दिने निर्णय गरेको हो ।


सो दिन रामधुनी नगरपालिका अन्तर्गतका सम्पुर्ण कार्यालय, स्वास्थ्य संस्था लगायत अत्यावस्यक सेवा बाहेक विदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम ढकालले हस्ताक्षर गरेको सूचनामा भनिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.