टोल विकास संस्थालाई बचत ऋण कारोबार नगर्न इटहरी उपमहानगरको निर्देशन, चैत्र मसान्तभित्र बचत फिर्ता गरिसक्नुपर्ने

इटहरी । इटहरी उपमहानगरपालिकाले नगरभित्र रहेका टोल विकास संस्थाहरुलाई बचत तथा ऋणको कारोबार नगर्न अनुरोध गरेको छ ।

नगर कार्यपालिकाको कार्यालयले सोमबार सबै वडा कार्यालयहरुलाई परिपत्र गर्दै बचत तथा ऋणको कारोबार बैँक तथा वित्तीय संस्थाबाट मात्रै गर्ने तथा गराउने व्यवस्था अनुरुप १३ औँ नगरसभाले गरेको अनुमोदन समेतलाई टेक्दै बचत तथा ऋणको कारोबार नगर्न नगराउन वडा कार्यलयमा मार्फत टोल विकास संस्थाहरुलाई अनुरोध गरेको हो ।

उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताले हस्ताक्षर गरेको परिपत्रले टोल विकास संस्थाले गर्दै आएको बचत तथा ऋणको कारोबार अव उप्रान्त नगर्न भनेको छ भने बचत कर्ताबाट उठाइएको बचत रकम सम्बन्धित बचत कर्तालाई चैत्र मसान्त सम्म फिर्ता गरिसक्न समेत निर्देशन गरेको छ ।

उपमहानगरमा भएका टोल विकास संस्थाले टोल बासीसँग मासिक सानो रकम बचत गर्ने र झिनो व्याजमा खाँचो टार्ने काम गरिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.