कर घटाउन विशेष अधिबेसन माग्न एमालेको आव्हान

इटहरी । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विशेष अधिवेसन मार्फत भारीमात्रा वृद्धि गरिएको करको सम्बोधन गर्न भन्दै इटहरी उपमहानगरका प्रमुख प्रशासकिय अधिकृतलाई पत्र बुझाएको छ ।

नगरप्रमुखका लागि लेखिएको पत्र प्रमुख प्रशासकिय मार्फत शुक्रबार बुझाइएको हो ।नेकपा एमालेबाट निर्वाचित सदस्यहरूले नियमअनुसार २१ दिनभित्र विशेष अधिवेशनको माग गर्दै निवेदन दिएका हुन् ।

नेपाल संविधानको धारा २२७ तथा गाउँ नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ को उपदफा ४ बमोजिम उनीहरूले विशेष अधिवेशन बोलाउन माग गरेका हुन् ।

एमाले संसदीय दलको उपनेता प्रमोद शेर्पा तथा सचिव उमेश सुवेदीले प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहतालाई सदस्यहरूको हस्ताक्षरसहितको पत्र दिएका छन् ।

इटहरी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमार्फत बढाएको कर समायोजन गर्न तथा घटाउनको लागि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले पटक पटक माग गर्दै आएका छन् ।

वृद्धि भएको कर समायोजन गर्न तीव्र दबाब आएपनि उपमहानगरपालिकाले कर समायोजन गरेको छैन ।कर वृद्धिकै विषयमा अध्ययन गर्न वडा नम्बर ३ का अध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा समिति पनि बनेको थियो ।

सो समितिले ढिला गरी बुझाएको प्रतिवेदन कार्यपालिकामा छलफलको कार्यसूचीमा पेस भए पनि छलफल भएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.