प्रकाश बन्जरा ।
इटहरी । रामधुनी नगरपालिका वडा नम्बर ७ बक्लौरी मा रहेको पाञ्चायन बचत तथा ऋण सहकारी संस्थाको १५ लाख रुपैँया भन्दा बढी रकम अपचलन भएको आरोप लागेको छ ।
रामधुनी नगरपालिकाको नियमन भित्र रहेको सहकारीमा व्यवस्थापन र भुत पुर्व कर्मचारीको मिलेमतोमा अपचलन भएको आरोप लागेको हो ।
साबिक बक्लौरी गाविस तथा हालको रामधुनी ६ र ७ नम्बर वडा कार्यक्षेत्र रहेको सहकारीले बिगत वर्ष आफ्नो नियमित गर्नुपर्ने वार्षिक साधारण सभा समेत नगरेको आरोप सामाजिक सञ्जालमा छताछुल्ल छ ।
संस्थाकी पुर्व व्यवस्थापक टंक माया पौडेलले आफ्नो कार्यकालमा गरेको बेरुजुलाई अनियमितता भन्दै हल्ला गरिएको संस्थाका अध्यक्ष केशव प्रसाद पौडेल बताउँछन् ।
संस्थाको दोस्रो कार्यकाल अध्यक्ष रहेका पौडेलले आफूभन्दा पहिलेको कार्यकाल देखिको बेरुजु फस्यौट भइनसकेको बताएका हुन ।
संस्थामा आफ्नो कार्यकाल समेत सकिन लागेकाले अव चाँडै साधारणसभा गराएर नेतृत्व हस्तातरण गर्ने तयारीमा आफु रहेको पौडेलले सुनाए । संस्थाकी पुर्व व्यवस्थापक टंक माया पौडेलले संस्थामा जथाभावि खर्च गरी बेरुजु बनाएको भन्दै लेखापरीक्षकले समेत ७ लाख ९३ हजार रुपैँया बेरुजु देखाएको र पुर्व व्यवस्थापक पौडेल बाट उक्त रकम असुली गर्ने प्रक्रियामा आफुहरु लागेको अध्यक्ष पौडेलले बताए ।
सामाजिक संजालमा हल्ला गरिएजस्तो १५ लाख रुपैँया हिनामिना गरिएको भन्ने कुरा सत्य होइन पुर्व व्यवस्थापकको बेरुजु हो त्यो हामी असुली गराउने प्रक्रियामा छौ पौडेलले भने ।
सहकारी सस्था सामान्य अवस्थामा रहेको र बचत तथा ऋणको कारोबारमा केहि असर नपरेको पौडेलको भनाई थियो ।
लेखापरीक्षक सत्यनारायण राजधामिले संस्थाको हिसाव किताव हेर्दा ७ लाख ९३ हजार रुपैँया पुर्व व्यवस्थापकले तिर्नुपर्ने देखिएको संस्थाले बताएको छ । यद्यपि पुर्व व्यवस्थापकले भने आफुले तिर्न पर्दैन भन्दै आलटाल गर्ने गर्दा संस्थालाई बदनामी गराएको आरोप संचालक पौडेलले लगाए ।
अप अडिट रिपोर्ट अनुसार बेरुजु फस्यौट गराएर संस्थाको साधारणसभा गराउने र पद हस्तान्तरण गर्ने पौडेल सुनाउँछन् । संस्थामा निती विपरित आर्थिक अपचलन गरेको आशंका गरेपछि व्यवस्थापक टंक माया पौडेललाई संस्थाले २ बर्ष अघि हटाएको बताइएको छ ।
यता रामधुनी नगरपालिका सहकारी शाखाका प्रमुख सत्यनारायण चौधरीले भने पाञ्चायन बचत तथा ऋण सहकारीमा देखिएको उक्त समस्याको बारेमा आधिकारीक कुनै पनि जानकारी नआएको बताएका छन् । बेष्ट सञ्चारसँगको कुराकानीमा चौधरीले नगरपालिकालाई लिखित रुपमा वा मौखिक पनि आर्थिक हिनामिना तथा बेरुजु भएको बारे जानकारी नभएको बताए ।
पाञ्चायन बचत तथा ऋण सहकारीका अध्यक्ष केशव प्रसाद पौडेलले भने नगरपालिकाको सहकारी शाखालाई जानकारी भएको जवाफ दिएका थिए ।
कुरा तेस्तै देखिन्छ तर प्रबेस शुल्कको बारेमा कुनै निर्धारण हुदैन र? सहकारि सिधान्तमा के छ ? जान्ने इच्छा !