व्यापारमा घाटा भएपछि आफ्नो शेयर बेचेर बाहिरिने एनसेलको माउ कम्पनी एजियाटाको घोषणा

इटहरी । व्यापारमा निरन्तर घाटा व्यहोरेपनि एनसेलको माउ कम्पनी एजियाटाले आफ्नो स्वामित्वको सेयर बेचेर बाहिरिने घोषणा गरेको छ ।

नेपालको एकमात्र विदेशी लगानी रहेको निजी क्षेत्रको दूर सञ्चार कम्पनी एनसेलको विदेशी लगानीकर्ता आजियाटाले लगानी फिर्ता लिएर बाहिरिने घोषणा गरेको हो।

नेपालको अवस्था चुनौतीपूर्ण रहेकाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको आजियाटा समूहको सञ्चालक समितिले बताएको छ ।

एनसेलको आम्दानी निरन्तर खुम्चिए पछि कम्पनीले यस्तो निर्णय गरेको बताइएको छ। घाटामा गए पछि आफ्नो व्यवसाय विस्तार हुन नसकेको आम्दानी खुम्चिएकाले आजियाटाले सेयर बिक्री गर्न लागेको बताइएको छ।

सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको एनसेलको आम्दानी घटेको छ। सन् २०२३ मा ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको कारोबार भएको कम्पनीले जनाएको छ। एनसेलको कारोबार निरन्तर घट्दै गएको थियो।

सन् २०१७ मा ५७ अर्ब १० करोड २० लाख रुपैयाँको कारोबार भएको थियो। त्यसपछि क्रमश घट्दै गएपछि लगानीकर्ताले सेयर बेच्ने निर्णयमा पुगेको हो।

एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हार्डको ८० प्रतिशत सेयर रहेको छ भने बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.