इनरुवा र वलाहाका ३ विद्यालयमा लोकससँग मिलेर वर्डलिंकको इन्टरनेट शिक्षा

झुम्का । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले पुल्चोक इन्जिनियरिङ कलेजको लोकस टोलीसँगको सहकार्यमा सुनसरी सदरमुकाम इनरुवाका तीन विद्यालयमा वर्ल्डलिङ्क इन्टरनेट एकेडेमी सत्रको आयोजना गरेको छ ।

इनरुवाको भगवती माध्यमिक विद्यालय, बालमन्दिर माध्यमिक विद्यालय र वलाहाको सारादा माध्यमिक विद्यालयमा कार्यक्रमको आयोजना गरिएको थियो ।


सत्रको लक्षित समूह कक्षा ८ देखि १० सम्मका विद्यार्थी रहेको वर्डलिंक इनरुवा शाखाले बताएको छ ।

डिजिटल साक्षरता, डिजिटल प्लेटफर्महरूसँग परिचितता, इन्टरनेटका आधारभूत कुराहरू बुझ्ने, सफ्टवेयर र हार्डवेयर आवश्यक कुराहरूको बुझाइका साथै ढिलो ब्राउजिङ समस्याहरू र इन्टरनेट समस्याहरूको आधारभूत समस्या निवारण गर्ने उद्देश्यका साथ सत्रको आयोजना गरिएको कम्पनीले बताएको छ ।

वल्र्डलिङ्कको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरिएको आगामी दिनहरुमा यस्ता सत्रहरु संचालन गरिने छ कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.