बक्लौरीमा बन्दै गरेको नगर अस्पताल अलपत्र, ठेकेदारलाई कालोसुचीमा हाल्ने प्रक्रियामा नगरपालिका

प्रकाश बन्जारा ।
इटहरी । २ बर्ष अघि नगर अस्पताल बनाउने ठेक्का पाएको ठेकेदार कम्पनीले काम नगरी भागेपछि चाँडै नगर अस्पतालको आसमा रहेका रामधुनीबासीको सपनामा कालो पोतिएको छ ।

रामधुनी नगरपालिकाको नगर अस्पतालको रुपमा बक्लौरी स्वास्थ्य चौकीको स्तर उन्नती गरी १५ शैयाको अस्पताल बनाउने योजना सहित रामधुनी नगरपालिकाले मोरगं जिल्लाको विराटनगर ठेगाना भएको बुद्धभूमि जेभी नामक कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।

ठेक्का सम्झौता पश्चात खनेर ठेक्का अलपत्र पार्दै ठेकेदार कम्पनी सम्पर्कमा नआएपछि चाँडै नगर अस्पताल पाउने आशमा रहेका रामधुनी बासीको सपना तुहिएको छ ।

छिमेकी पालिका हरु इटहरी इनरुवा तथा बराहा क्षेत्रले समेत नगर अस्पताल सञ्चालन गरिरहेको अवस्थामा रामधुनीमा भने कामै शुरु नभएपछि जनता निराश प्राय बसेका छन् ।

नगर अस्पतालको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवम् पूर्वमन्त्री भिम आचार्य, पूर्व राज्यमन्त्री रामकुमारी चौधरी, तत्कालिन प्रदेशसभा सदस्य जयकुमार राई, तत्कालिन नगरप्रमुख जयप्रकाश चौधरी लगायतले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

नगर अस्पतालको रुपमा १५ शैयाको प्राथमिक अस्पताल बनाउने भन्दै रामधुनी नगरपालिकाले २०७८ साल बैसाख ३० गते ठेक्का खोलेको थियो । १६ करोड २० लाख लागत अनुमान गरिएको अस्पतालको लागि बुद्धभूमि जेभीले १० करोड ४१ लख रूपैँयामा ठेक्का पाएको थियो ।

सोहि सालका कार्तिक ९ गते ठेक्का सम्झौता गरिएको भएता पनि २ बर्ष सकिँदा सम्म ठेकेदारले चर निकाल्ने काम समेत गरेको छैन । काम गर्ने भएपनि ९१ लाख रुपैँया पेश्की समेत लिएको कम्पनीले काम सन्तोष जनक नभएपछि नगरपालिकाले पेश्की फिर्ता लिइसकेको छ ।
समयमा नै काम गर्न बारम्बार लिखित तथा मौखिक पत्राचार गर्दा समेत कम्पनीले चासो नदेखाएको रामधुनी नगरपालिका योजना शाखाको भनाई छ ।

नगरपालिकाले ठेकेदार कम्पनी भुमि इन्फ्रास्टक्चर प्रालिका प्रबन्धक भावेश बोहरालाई कारवाही गर्न समेत प्रक्रिया पुरा गर्नुपर्ने भएकाले गत असोज १७ गते स्पष्टिकरण सहित उपस्थित हुन ७ दिने सुचना गोरखापत्रमा प्रकाशन गरिसकेको छ ।

काम समयमा नगरेकाले ठेक्का सम्झौता रद्ध गरेर भएपनि ठेकेदारलाई कालोसुचीमा राख्ने सम्वन्धमा गत कार्यपालिकाको बेठकमा समेत कुरा उठेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम ढकाल बताउँछन् ।

३ वटा कम्पनीको साझेदारी जेभी कम्पनी भएका कारण पहिलेले का मगर्न आलटाल गरेपछि दोस्रो कम्पनीले चासो देखाएर काम गर्छु भनेका कारण अहिलेसम्म कुर्नुपरेको अधिकृत ढकालले बताए ।

नगरपालिकाले अव प्रक्रिया पुरा गरेर ठेकेदार कम्पनीलाई कालोसुचीमा राख्ने योजनामा अघि बढेको ढकालले बेष्ट सञ्चारलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.