उर्लाबारी आगलागीमा मृत्यु हुनेको संख्या ५ पुग्यो

इटहरी । मोरङको उर्लाबारी सुनपसलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

गत कात्तिक २६ गते उर्लाबारी नगरपालिका ७ को सुनपसलमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।

आगो निभाउने क्रममा सिलिण्डर विस्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए । प्रहरीका अनुसार सोमबार राति उर्लाबारी नगरपालिका(७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

यसअघि उर्लाबारी ७ कै ६८ वर्षीय रुकुमबहादुर कार्की, ४२ वर्षीय कुमार तामाङ, ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको थियो ।

२६ कात्तिक लक्ष्मीपूजाको दिन राति साढे १० बजे उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागी भएको थियो ।

आगलागी नियन्त्रणमा लिने प्रयास गरिररहेका बेला ग्यास सिलिण्डर विष्फोट भएको थियो । सो घटनामा चार प्रहरीसहित २८ जना स्थानीय घाइते भएका थिए ।

घाइते मध्ये सात जनाको अवस्था गम्भीर थियो । आगलागीबाट साढे तीन करोड बराबरको क्षति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.