सहकारीको सञ्चालक र सहकारी संघको जिम्मेवारी एकै पटक लिन नपाउने

इटहरी । प्रारम्भिक सहकारी संस्थाको सञ्चालक रहेको व्यक्ति कुनै पनि सहकारीको विषयगत संघ तथा केन्द्रिय संघमा गएमा प्रारम्भिक सहकारी को संचालकमा रहेको पद स्वतह खारेज हुने व्यहोरा सहकारी बिभागले अवगत गराएको छ ।

सहकारी ऐन २०७४ मा भएको व्यवस्था अनुसार अब एउटै व्यक्ति सहकारी संघ संस्थाको दोहोरो पदमा बस्न नपाउने भन्दै सहकारी विभागले केन्द्रिय बचत तथा ऋण संघलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

विभागले कान्न अधिकृत भोजराज दाहालले बचत तथा ऋण केन्द्रिय संघ नेफ्स्कुनलाई पत्र लेख्दै सहकारीमा दोहोरो पदको विषयमा सहकारी ऐनमा भएको ब्यवस्था लागू गर्न भनेका हुन । यस अघि सहकारी ऐन २०७४ लाई धज्जी उढाउँदै एउटै व्यक्ति सहकारी संघसंस्थाको २–३ वटा पदमा समेत बस्दै आएका थिए ।

सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा ९५० मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा कुनै प्रारम्भिक संस्था वा विषयगत जिल्ला वा प्रदेश संघको सञ्चालक केन्द्रीय संघमा निर्वाचित भई निर्वाचित पदको सपथ ग्रहण लिएपछि त्यस अघि कायम रहेको संस्थाको सञ्चालक समितिको पद स्वतः नरहने व्यहोरा आदेशानुसार अनुरोध छ, पत्रमा उल्लेख छ ।

अहिले एकै ब्यक्ति प्रारम्भिक दखि विषयगत जिल्ला संघ, प्रदेश र केन्द्रीय संघमा सञ्चालक रहेका छन्। यही मंसिर ७ र ८ गते नेफ्स्कूनको निर्वाचन सहितको साधारण सभा हुन गइरहेको छ। उक्त साधारण सभामा पनि यस अघि प्रारम्भिक देखि विभिन्न संघको सञ्चालक रहेकाहरुले उम्मेदवारी दिने जनाएका थिए। ऐनमा भएको एक व्यक्ति एक पदको अवधारणा पूर्णरूपमा लागु भएमा सहकारी क्षेत्रमा सुधार आउने आशा धेरैको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.