पशुपतिले चलाएको इटहरीको पशुपति मोडल हस्पिटल, २४ घण्टै इमर्जेन्सी सेवा

इटहरी । धेरैले पुर्खौली पेशालाई आफ्नो बनाउँछन् । हाम्रो चलन भनेकै व्यापारीको छोरा व्यापारी, मास्टरको छोरा मास्टर र किसानको छोरा किसान बन्ने खालको छ । कतिले सिप युक्त व्यावसाय रोज्छन् त कतिले बिना सीपको ।

इटहरीका डा.पशुपति चौधरीले पनि आफ्नै बुवाले चलाएको मेडिकललाई हस्पिटल बनाउने सपना साकार गरेका छन् । मेडिकल भन्दा पनि पहिला औषधि पसल चलाउने बुबाको पेशालाई ठुलो आकारमा लैजान पशुपतिले आफ्नै नामबाट हस्पिटल सञ्चालन गरे ।

जतिबेला इटहरीमा पशुपति हस्पिटल सञ्चालनमा आयो त्यतिवेला इटहरीमा अन्य निजी क्षेत्रका धेरै हस्पिटल बनेकै थिएनन् । सामुदायिक चल्दै थियो अन्य बने थिएनन् । त्यसो हुँदा पनि इटहरी आसपासका विरामीलाई हस्पिटलको सुविधा दिने सोचमा २०६४ सालमा स्थापना भएको पशुपति मोडेल हस्पिटल स्थापनाका कालमा निकै ठुलो फेजमा सञ्चालन भएको थियो ।

इटहरीको विराटनगर लाइनमा सञ्चालनमा रहेको पशुपति मोडेल हस्पिटलका सञ्चालक डा.पशुपति चौधरी पछिल्लो केहि बर्षदेखि नीजि हस्पिटलहरूलाई केहि असहजता हरु आएको बताउँछन् ।

दैनिक ओपिडी सेवा, अन कलमा विशेषज्ञ डाक्टरहरुको सेवा साथै २४ सै घण्टा आपतकालिन सेवा दिइरहेको पशुपति मोडेल हस्पिटलले माइनर शल्यक्रिया समेत गर्दै आएको छ ।

यतिका सेवा दिँदै गर्दा पनि तपाईहरु पर्दा पछाडी भएजस्तो देखिन्छ नि हामीले पशुपतिलाई सोध्यौँ । ‘थप लगानी गरिहाल्ने वातावरण छैन सरकारले सञ्चालकको लाइसेन्स त दिएको तर अन्य सहजीकरणका काम गरेको छैन त्यसैले पनि फुल फेजमा का मगर्न पाएका छैनौ । ’उनले सुनाए ।

‘हरेक नागरिकको सोचाई इटहरीमा केहि हुँदैन यहाँ कुनै उपचार हुदैन भन्ने छ त्यसैले पनि सानो उपचारको लागि पनि धरान वा विराटनगरनै जाने चलन बढेको छ ।’ पशुपतिले हामीसँग भने ।

इटहरी र आसपासका विरामी धरान तथा विराटनगर लैजाने कारणले पनि मन खोलेर लगानी गर्न र सेवा सुविधा थप गर्ने मनोवल गिर्दै गएको पशुपति बताउँछन् ।

पशुपति मोडेल हस्पिटलमा अहिले जनरल फिजिसियन को साथमा अन कल विशेषज्ञ डाक्टरका साथै हार्ड जोर्नी नशा , जनरल सर्जन , दर्मालोजिष्ट डाक्टरको समेत सेवा उपलव्ध रहेको बताइन्छ ।

त्यस बाहेक धेरै प्रकारको ल्यावको टेष्ट आफुहरु यहिँ गर्ने चौधरीले हामीलाई सुनाए । आफ्नै औषधि पसल अर्थात फार्मेसी, आमा सुरक्षा कार्यक्रम भएको एम्बुलेन्स सुविधा समेत दिने पशुपति हस्पिटलले सुरक्षित गर्भपतनको काम समेत गर्ने गरेको हामीलाई सुनायो ।

कोरोना महामारी पछि आर्थिक मन्दीबाट प्रभावित बनेको स्वास्थ्य क्षेत्रलाई चलायमान बनाउन स्थानीय सरकार पनि लागि पर्नुपर्ने डा. चौधरीले हामीलाई सुनाए । संघीयता पछि इटहरी उपमहानगरपालिकाको मातहतमा पर्ने पशुपति मोडेल हस्पिटल उपमहानगरले कर लिने बाहेकका काम केहि नगरेको बताउँछ ।

पछिल्लो कानुनले स्थानीय सरकारलाई १५ वेड सम्मको हस्पिटलको अनुमति दिने अधिकार दिएपछि पशुपति हस्पिटलमा पनि आफ्नो मासिक तथा बार्षिक गतिविधि र विवरणहरु उपमहानगरको स्वास्थ्य शाखामा बुझाउने गरेको छ ।

तर सरकारका तर्फबाट भने स्वास्थ्य सहजताका कामहरु केहि पनि हुन नसकेको तथा नभएको मेडिकल अफिसर समेत रहेका डा. पशुपति चौधरी बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.