पार्किगं देखि बजारको रेखदेख गर्न अव इटहरी उपमहानगरमा ४५ नगरप्रहरी

इटहरी । लामो पहल र कसरत पछि इटहरी उपमहानगरपालिकाले ३० जना नगर प्रहरी थप गरेको छ । थपिएका सहित गरेर उपमहानगरमा अव ४५ जना नगरप्रहरी भएका छन् ।

२ जना सई ,चार जना हवाल्दार र २४ जना जवान थपिएका हुन । थपिएका नगरप्रहरीलाई उपमहानगरले सोमबार देखि तालिममा खटाएको छ । तालिम सकेपछि नगर प्रहरीहरु अब कार्यक्षेत्रमा खटिने छन ।नयाँ नगर प्रहरीलाई करिब डेढ महिना तालिम दिईने उपमहानगरले बताएको छ ।

तालिमको पहिलो चरणमा नगर प्रहरी परिचय तथा मूल्य शिक्षा र संविधान तथा ऐन नियम सिकाईने , साथै नगर प्रहरी कार्य र भीड व्यवस्थापन र स्थानीय निकायको काम कर्तव्य र अधिकारबारे प्रशिक्षण गराईने बताइएको छ । तालिम उद्घाटन समारोहमा उपमहानगर प्रमुख हेमकर्ण पौडेलले नगर प्रहरी थपिँदा उपमहानगरको सुव्यवस्था मजबुत हुने बताए ।

इटहरी उपमहानगरको नगर प्रहरी व्यवस्थापन ऐन २०७५ अनुसार नगर प्रहरीलाई महानगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, उपमहानगरमा हुने विभिन्न सभा, समारोह, स्थानीय जात्रापर्वको सुरक्षा व्यवस्थापन, पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापनको अधिकार दिईने मेयर पौडेलको भनाई छ ।

यस्तै, सरसफाइसम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णय कार्यान्वयन, सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विपद् व्यवस्थापन, छाडा पशु नियन्त्रण, अनधिकृत निर्माणमा रोक लगायतका जिम्मेवारी नगर प्रहरीलाई दिईने मेयर पौडेले बताए ।
इटहरी कोशी प्रदेशकै हब भएको भन्दै इटहरीमा नगर प्रहरीको संख्या अझै कम भएको पौडेलको भनाई थियो । इटहरीको मुख्य चोक सँगै भित्री सडकहरुमा समेत नगर प्रहरीहरुलाई जिम्मेवारी दिएर पठाईने इटहरी उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताले जनाए ।

इटहरीको बढ्दो जनसंख्याको कारण भिड भाड व्यावस्थापन गर्न अति आवश्यक भईरहेको अधिकृत मेहताले बताए ।

तालिम समारोह कार्यक्रममा वोल्दै इलाका प्रहरीका कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले नगर प्रहरी थपिएसँगै इटहरी उपमहानगर क्षेत्रमा सहज हुने बताए । थप नगर प्रहरीले बजार व्यवस्थापनमा महत्वपूर्ण सहयोग हुने डिएसपी कार्कीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.