इलामको रोङ गाउँपालिकामा दुर्घटना एक बालकको मृत्यु

इटहरी । इलामको रोङ गाउँपालिकास्थित किटानी भन्ने स्थानमा भएको बस दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ ।

मृत्य हुनेमा धनुषाधाम–९ धारापानी बस्ने वर्ष १० का बालक अर्पण लामाको रहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । दुर्घटनामा परी दुइ जना गम्भीर घाइते भएका छन् ।

बसमा सवार अन्यको भने अवस्था सामान्य रहेको यादवले जानकारी दिए ।धनुषाको धनुषाधामस्थित धारापानीबाट उक्त टोली इलाम घुम्न आएको थियो । घाइतेहरुको झापास्थित बिएण्डसी अस्पचालमा उपचारका लागि लगिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.